जनकपुरधाम, वैशाख २९ गते । लकडाउन अवधिमा प्रदेश २ मा अपराधिक घटनामा व्यापक वृद्धि भएको छ । प्रदेशका ८ वटै जिल्लामा गरी कम्तिमा १२ जनाको हत्या भएको छ ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार लकडाउन सुरु भएको दिन २०७६ चैत ११ गतेदेखि हालसम्म १२ जनाको हत्या संगै १७ वटा बलात्कार, ५७ आत्महत्या, ३४ लागू औषध र ८४ समाजिक अपराधिको मुद्दा दर्ता भएको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार सबैभन्दा बढी पर्सामा पाँच जनाको हत्या भएको छ । महोत्तरीमा र धनुषामा २ र सप्तरी, रौतहट र बारामा एकरएक जनाको हत्या भएको हो ।

लकडाउनको अवधिमा प्रदेश २ मा ११ जनाको हत्या प्रयास समेत भएको छ । धनुषा र सर्लाहीमा तीन/तीन, पर्सामा दुई, सप्तरी, रौतहट र बारामा एकरएक जनाको हत्या प्रयास भएको भन्दै प्रहरीमा ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दायर भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
लकडाउन अवधिमा कर्तव्य ज्यान शीर्षकामा प्रदेश २ मा ३२ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये सिरहामा १०, धनुषा र पर्सामा ६/६, सप्तरी, सर्लाही र बारामा ३र३ तथा रौतहटका एउटा मुद्दा रहेको छ ।
त्यस्तै, फुटकर ज्यान सम्बन्धी पाँचवटा मुद्दा दर्ता भएकोमा ३ वटा सप्तरीमा र धनुषा र बाराका एक/एक वटा मुद्दा रहेको प्रहरीले जनाएको छ ।

आइतवार मात्रै महोत्तरीमा एकजनाको हत्या भएको छ भने धनुषाको मिथिलाबिहारी नगरपालिकामा एक शव बरामद भएको छ । महोत्तरीको गौशाला नगरपालिका–४ रामनगर बस्ने ४३ वर्षीय दीलिप ठाकुरको आइतबार हत्या भएको छ ।
हत्या गरिएको अवस्थामा दीलिपको शव गाउँ नजिकैको केराबारीमा फेला परेको प्रहरीले जानकारी दिएको छ । बिहान १० बजे आफ्नो घरबाट छिमेकी गाउँमा आफन्तको घर गएका उनी मृतअवस्थामा फेला परेका हुन् ।
१७ वटा बलात्कारका घटना
लकडाउनको अवधिमा महिला र बालबालिकामाथि हुने हिंसा र अपराधका घटनामा पनि त्यतिकै वृद्धि देखिएको छ । प्रहरीको तथ्यांकमा यो अवधिमा १७ वटा बलात्कार र दुईवटा बलात्कार प्रयासका घटना भएका छन् भने एउटा बाल यौनदुराचारको घटना भएको छ ।

बलात्कारका सबैभन्दा धेरै बारा ५ वटा घटना भएका छन् । सर्लाहीमा ३, सिरहा, धनुषा र रौतहटमा २/२ तथा सप्तरी, महोत्तरी र पर्सामा १/१ वटा त्यस्ता घटना भएको प्रहरीले जनाएको छ ।
महोत्तरी र बारामा एक/एकवटा बलात्कार प्रयासका घट्ना भएका छन् भने सर्लाहीमा एउटा बाल यौनदुराचार सम्बन्धी मुद्दा परेको छ । बारा जिल्लामा जबरजस्तीकरणी तथा गर्भपतन शीर्षकमा एउटा मुद्दा दर्ता भएको प्रद्श प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
आत्महत्या : ५७ जना
लकडाउन लगाइएको डेढ् महिनाकै अवधिमै प्रदेश २ मा ५७ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा धेरै सिरहा र बारामा आत्महत्या भएको तथ्यांक प्रहरीसँग छ ।
यी दुई जिल्लामा १०/१० जनाले आत्महत्या गरेका छन् । धनुषामा ९ जना, सर्लाही र रौतहटमा ७र७ जना, पर्सामा ६, सप्तरीमा ५ र महोत्तरीमा ३ जनाले आत्महत्या गरेका छन् ।
५७ जना मध्ये ती मध्ये ५३ जनाले झुण्डिएर, ३ जनाले विष सेवन गरेर र एक जनाले हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
३४ लागू औषध मुद्दा दर्ता
लकडाउनको डेढ महिना अवधिमा प्रदेश २ का आठ जिल्लामध्ये सात जिल्लाबाट लागूऔषधसहित मानिसहरु पक्राउ परेका छन् । रौतहट बाहेक सातवटा जिल्लाबाट लागूऔषधसहित केही व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।
लकडाउनको डेढ महिनाको अवधिमा ३४ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ । सबैभन्दा बढी सिरहामा १० वटा, धनुषामा ८, सर्लाहीमा ५, पर्सामा ४, महोत्तरीमा ३ तथा सप्तरी र बारामा २र२ वटा मुद्दा दर्ता भएका छन् ।
सामाजिक अपराधका ८४ मुद्दा
प्रदेशमा लकडाउनको समयमा सामाजिक अपराध अन्तर्गतको विभिन्न शीर्षकमा ८४ वटा मुद्दा दर्ता भएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जयराज सापकोटाका अनुसार केही सार्वजनिक अपराधमा २८ वटा, सार्वजनिक शान्तिविरुद्वको अपराधमा २२ वटा, सार्वजनिक हित स्वास्थ्य सुरक्षा विपरीतको कसुरमा ३१ वटा, अभद्र व्यवहारमा २ वटा तथा कुटपिट अंगभंग शीर्षकामा एउटा मुद्दा दर्ता भएको छ ।
केही सार्वजनिक अपराध शीर्षकामा रौतहटमा १०, धनुषामा ८, सिरहामा ७, सप्तरीमा २ र महोत्तरीमा १ वटा दर्ता भएको छ ।
सार्वजनिक शान्तिविरुद्वको अपराध सम्बन्धी सबैभन्दा धेरै पर्सामा १४, धनुषामा ६ तथा सर्लाही र रौतकटमा १/१ वटा मुद्दा दर्ता भएको छ ।
सार्वजनिक हित स्वास्थ्य सुरक्षा विपरीत कसुरमा बारामा २९ र पर्सामा २, अभद्र व्यवहार शीर्षकामा सर्लाहीमा २ र कुटपिट अंगभंग मुद्दा सप्तरीमा एउटा मुद्दा दर्ता भएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !