जनकपुरधाम, वैशाख २७ गते । नेपालमा पनि कोरोना भाइरसको दिन प्रतिदिन जोखिम बढदै गएको छ । शनिवार समेत थप ७ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (टेकु) र कोसी अस्पताल (विराटनगर) का प्रयोगशालामा गरिएका परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।
यो सँगै नेपालमा संक्रमितको संख्या १ सय ९ पुगेको छ । तर यी मध्ये २८ जना निको भई घर फर्किसकेका छन । यद्यपि फेरि तीन जनामा स्वास्थ्य समस्या देखिएकाले उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले थप ७ संक्रमितहरुमामा उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तुका १७ वर्षका एक र १८ वर्षका दुई पुरुष र वीरगन्ज छपकैयाका ६२ वर्षका पुरुष छन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !