जनकपुरधाम, वैशाख २६ गते । नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा शुक्रबार थप एक जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेका हुन ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा नेपालगंजको एक १६ वर्षीय युवामा पोजिटिभ देखिएको बताए ।
योसँगै नेपालगञ्जमा संक्रमितको संख्या २४ पुगेको छ । नेपालमा भने जम्मा संक्रमितको संख्या १ सय २ पुगेको छ । त्यसमध्ये २७ जना निको भएर घर फर्किसकेका छन् ।

निको भएका थप ३ जनालाई फलोअपका क्रममा पुनः कोरोना देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !