राजविराज, वैशाख २३ गते । कोरोना भाइरस रोकथामका लागि जारी सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरी स्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।
जिल्लाको बोदे बर्साइन नगरपालिका ९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय कुलबहादुर कार्कीको अचानक मृत्यु भएको सशस्त्र प्रहरी गण ६ नम्बरले जनाएको छ ।

भारतसँग सीमा जोडिएको क्षेत्रमा खटिएका कार्की अचानक बेहोस भएर ढलेपछि तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पु¥याइएको थियो ।
अस्पतालमा र्पुयाएपछि चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक राजु दाहालले बताएका छन ।

शवको राजविराज अस्पतालमा परीक्षण पश्चात दाहसंस्कारका लागि परिवारका सदस्यहरुले झापाको चन्द्रगढी लगेको सशस्त्र प्रनाउ दाहालले जानकारी दिएका छन ।
उच्च रक्तचापका कारण अचानक बेहोस भई मृत्यु भएको अनुमान गरिए पनि शव परीक्षणको रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्न सक्ने उनले बताएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !