जनकपुरधाम, वैशाख १९ गते । हेल्प मधेसी संस्था मलेसियाका शाखा बातुपहात समितिले महोत्तरीको हरिनमरीमा अन्धो, अपाङ्ग र बिपन्न परिवारलाई राहत वितरण गरेका छन ।

जिल्लाको रामगोपालपुर ७ हरिनमरी गाउँका ६ घर परिवारलाई ११ हजार रुपैया बराबरको खाद्यान्न सामाग्री राहत स्वरुप वितरण गरेको हो ।
हरिनमरि गाउँका अन्धो परिवारका गोपाल खत्बे, अपाङ्ग परिवारका सुनेखा देबि खत्बे र बिपन्न परिबारका चन्देश्वर मंडल, फेक्न मण्डल खत्बे, सुन्दरकला देबि मण्डल, भभरी देवी सहितका परिवारलाई घरमै गई संस्थाका नेपाल स्थित पदाधिकारी राजेशकुमार यादवले राहत वितरण गरेका हुन ।
राहतमा प्रति परिवार १५ किलो चाम, २/२ केजी दाल, प्याज, एक/एक केजी नून, तेल, तीन केजी आलू र सायोबीन एक÷एक प्याकेजट वितरण गरिएको कुरा हेल्प मधेसी मलेसिया बातुपहातका संयोजक रमेश कुमार यादबले जनाएको छ ।
हेल्प मधेसीका सदस्यहरु देश, बिदेशमा भएर पनि आफूले कमाएको तलबबाट केही पैसा संस्थामा जम्मा गरि आफ्ना देशका विभिन्न स्थानमा गरिब दलित, असाय, निसहाय, बिपन्न घर परिबारलाई सहयोग गर्दै आएको कुरा सचिव सुरेन्द्र महतोले बताएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !