Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राहतको नौलो प्रक्रिया : कतै रकम असुली, त कतै नगद वितरण


जनकपुरधाम, वैशाख १८ गते । कोरोना भाइरस महामारी रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनबाट मार्कामा परेका गरीब विपन्न परिवारसँग राहतको नाममा खेलवाड गरेको छ ।

प्रदेश २ का विभिन्न पालिकाले कतै दस्तूर त कतै नगद रुपैया राहत बाँडने नौलो प्रक्रिया अपनाएको देखिएको छ । प्रदेश २ सरकारले रकम पठाएपनि अधिकांशमा राहत नै वितरण हुन सकेको छैन ।

लकडाउनमा खान नपाएर भोकमरीका रहेका गरिब तथा विपन्नलाई राहत वितरण गर्ने नाममा केही स्थानीय तहले रकम असुली गरेको खुलेको छ । वडाहरूले राहत पाउनुअघि फारम भर्ने नाममा प्रतिव्यक्ति १० देखि २० रुपैयाँसम्म असुलेको पाइएको हो ।

राहत दिन रकम असुली

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका ४, मधवापुरका सामानन्द कामैतले आफ्नो परिवारका चार जनाको नाम लेखाउन ६० रुपैयाँ तिरेको बताए । त्यस्तै, धनुषाको शहीद नगरपालिका ८ की देवोदेवी दासले नाम टिप्न आएको व्यक्तिले फाराम भर्दा २० रुपैयाँ लिएको बताइन् ।

हनुमाननगर कंकालनी नगरपालिका–८ का अध्यक्ष नागो मण्डलले नागरिकताको फोटोकपी राख्न थोरै रकम लिएको बताए । शहीद नगरपालिका ८ का अध्यक्ष तनुकलाल कुसियैतले भने कसैसँग पैसा नलिएको दाबी गरेका छन ।

प्रदेश सरकारले गाउँपालिकालाई १० लाख, नगरपालिकालाई १५ लाख, उप–महानगरपालिकालाई २० लाख र महानगरपालिकालाई २५ लाख रुपैयाँ त्यसमा उतिकै रकम थपेर लकडाउनमा राहतका लागि वितरण गरेको छ ।

राहतको नाममा पिडीतलाई रकम वितरण

त्यस्तै राहत वितरणको नाममा जनकपुरधाम उपमहानगरपालिका र सर्लाहीको बलरा नगरपालिका सहितकाले राहतको नाममा नगदै रकम नै वितरण गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले २५ वटै वडामा राहतमा चामल, नून, तेल र साबून वितरण गरेका छन भने दाल, आलू, प्याज र सोयाबीन वापत प्रति परिवार ३ सय रुपैया दिएका छन ।

जनकपुरधाम ४ का एक स्थानीयले भने उपमहानगरपालिकाले राहतको नाममा आफ्नो गरीबीसँग खेलवाड गरेको छ । चामल, नून र तेल त दियो, तर के सँग खाने ३ सय रुपैयामा कति दाल, आलू, प्याज र सोयाबीन आउँछ ।

उनले भने बजारमा दाल एक सय ५०, आलू ४०, प्याज ५५ रुपैया र सोयाबीन ५ सय रुपैया प्रतिकेजी विक्री भइरहेको छ । यो तीन सय रुपैयामा कति दाल, प्याज, आलू, सोयाबीन किन्ने मुश्किलले सबै सामान १/१ किलो पनि आउँदैन । बरु यो रुपैयाको सट्टा सामान नै दिए राम्रो हुने थियो ।

उपमहानगरपालिकाको कार्यपालिका बोर्डबाट चामल, दाल, आलू, प्याज, तेल, साबून, आँटा, चिनी र नून राहत दिने निर्णय गरिएको थियो । तर पछिल्लो पटकको बैठकबाट आँटा र चिनी लिस्टबाट हटाइयो र दाल बजारमा पाइरहेको छैन भनी दाल, आलू, प्याज, सोयाबीन वापत ३ सय रुपैया नगद नै दिने निर्णय गरियो ।

उपमहानगरपालिकाले वितरण गरेको चामल केही वडामा कुहिएको ढुसी लागेको गुणस्तरहीन समेत पाइएएको छ । वडा नम्बर १६ कपिलेश्वर र १७ कनकपट्टीमा ढुसी लागेको राहत चामल पाइएको छ । हुनत उपमहानरगपालिकाले राम्रो चामललाई चेकजाँच गराई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट गुणस्तरीय रहेको प्रमाणित गराइसकेको छ ।

यस्तै सर्लाहीको बलरा नगरपालिकाको वडा नम्बर ११ ले सामान बजारमा पाइएन भनी ७ सय ३५ रुपैयाको दरले राहतको सट्टा नगद रुपैया वडाका ४ सय ८ परिवारलाई वितरण गरेका छ ।

बलरा नगरपालिकाले प्रदेश सरकारबाट पाएको १५ लाखमा १८ लाख रुपैयाँ थप गरी ३३ लाख राहत बजेट बनाएर ११ वटै वडालाई ३ लाख रुपैयाँका दरले रकम पठाएको थियो । तर वडा नम्बर ११ ले राहतको सट्टा दामासाहीको हिसाबले नगद रुपैया नै वितरण गरेको हो ।

नगद वितरण कार्यको विरोध गर्दै स्थानीय विनोद चौधरीले रकमभन्दा दाल–चामल पाए सजिलो हुने बताउँछन् । ‘राहतमा जे दिने हो, चाँडो दिए हुने थियो,’ उनले भने, ‘भोकले मान्छे मरेपछि पाउने राहतको के काम ।

प्रदेश सरकारको रकम पुगेका कतिपय पालिकामा विवाद भएको छ भने कतिले राहतमा नगद नै वितरण गरेका छन् । कतिपय पालिकामा राहत वितरण गर्न ढिलो भएको विरोधमा स्थानीयले जनप्रतिनिधिलाई नै राहत दिनभन्दै सामग्री संकलन अभियान नै चलाएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव