नयाँदिल्ली, वैशाख १८ गते । भारतीय बलिउड गत दूई दिनको अवधिमा दूईजना कलाकार गुमाएका छन ।
बुधवार इरफान खानको निधनको भोली पल्टै बलिउडका चर्चित कलाकार ऋषि कपूरको निधन भएको छ । दुवै कलाकारको क्यान्सर रोगका कारण निधन भएको हो ।

गत ३ वर्षदेखि क्यान्सर रोगबाट पीडित कपुरको ६७ वर्षको उमेरमा बिहीवार बिहान निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पतालमा भर्ना भएका थिए ।
उनको निधनको खबर कलाकार अभिताभ बच्चनले ट्वीट गर्दै दिएका छन् । यस्तै भारतीय कांग्रेसका नेता राहुल गान्धीले पनि उनको निधन भएको भनेर ट्विट गरेका छन् । उनले भारतीय सिनेमा जगतका लागि यो हप्ता निकै दुस्खदायी भएको भन्दै श्रद्धाञ्जली दिएका छन् ।
दुई दिनको अवधिमा दुई महान कलाकार गुमाउंदा बलिउडलाई अपुर्णीय क्षति भएको छ । अहिले बलिउड शोकाकुल अवस्थामा रहेको छ । एजेन्सी
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !