जनकपुरधाम, वैशाख १८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले कोरोना भाइरस रोकथाम एवं नियन्त्रणका लागि हालसम्म जनचेतनामूलक सूचना सन्देश प्रवाहदेखि राहत वितरण र क्वारेन्टाईन निर्माणसम्म विभिन्न चरणको कार्यक्रम सम्पनन गरिसकेको छ ।
नेपालमा कोरोना संक्रमित भेटिएदेखि नगरपालिकामा सचेतना एवं सर्तकता र लकडाउन पालनाका लागि वडाहरुमा जनचेतनामूलक सूचनाको बोर्ड, पर्चा पम्पलेट र फ्लैक्स बोर्ड लगायतका झुण्डयाउनेदेखि माईकिंग, रेडियो तथा पत्रपत्रिका मार्फत सूचना प्रवाह सहितका कार्यक्रम पहिलो चरणमै सम्पन्न गरियो ।

दोश्रो चरणमा वडाहरुको विभिन्न स्थान, बजार क्षेत्र र चौकहरुमा साबून पानीको व्यवस्था र प्रत्येक घर घरमा व्यक्तिहरुलाई मास्क र साबून वितरण तथा पालिकाका वडाहरुको ३६ वटा टोलमा स्वास्थ्यकर्मी सहितको टीम बनाएर कोरोना भाइरस रोकथाम एवं नियन्त्रण बारे सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको नगरपालिकाका अशोक मण्डलले जानकारी दिएका छन ।
तेश्रो चरणमा नगरपालिकाले कोरोना भाइरस रोकथामका जारी लकडाउनले मार्कामा परेका दैनिक ज्यालादारीमा काम गर्ने मजदूर, दलित, गरीब र अतिविपन्न विपन्न परिवारलाई राहत वितरण र क्वारेन्टाईन निर्माणको कार्यक्रम सम्पन्न गरिएको उनले जानकारी दिए ।
प्रदेश सरकारले उपलब्ध गराएको १५ लाख रुपैयामा पालिकाको कोषबाट रकम थपेर ९ वडा मध्ये विभिन्न ७ वटा वडाहरुमा विपन्न घर परिवारलाई चामल, दाल, नून, सोयाबीन, आलू र साबून लगायतका खाद्य सामाग्री सहितको राहत वितरण गरिएको र बांकीमा वितरण गर्ने तयारी भइरहेको मेयर मण्डलले जानकारी दिए । उनले भने यो नगरपालिका कृषि क्षेत्र भएको हुनाले स्थानीयलाई खासै समस्या नभएपनि आवश्यकता भएका व्यक्तिलाई विभिन्न चरणमा राहत वितरण गरियो ।
कोरोना भाइरसको शंकास्पद तथा लकडाउन अवधिमा भारतबाट आउने नेपाली नागरिकको निगरानीको लागि नगरपालिका स्थित सामुदायिक भवनमा ६ बेडबाट क्वारेन्टाईन निर्माण गरियो तर शंकास्पदको संख्या बढदै गएपछि वडा नं. ५ स्थित माविमा २५ बेडको क्वारेन्टाईन निर्माण गरएको कुरा प्रशासकीय अधिकृत निलाम्बर मिश्रले जानकारी दिए ।
क्वारेन्टाईन र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पिपिई सहितका उपचार उपकरण नगरपालिकाबाटै खरीद गरी उपलब्ध गराइएको छ ।
यसैबीच कोरोना भाइरस महामारी रोकथाम नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन उल्लंघनको आरोपमा बिहीबार एक हजार ५ सय ८ जना कारबाहीमा परेका छन् ।
बिहीवार बिहान ८ बजेसम्मको अवधिमा उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरबाट अनावश्यक रुपमा सडकमा निस्किएका व्यक्तिलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रहरी निरीक्षक नहकुल गौतमका अनुसार यो अवधिमा एक हजार ९२ जना पुरुष र ४ सय १६ जना महिला पक्राउ परेका छन् । उनीहरुलाई बिहान तीन घन्टासम्म सकडमै उभ्याइएको बताइएको छ ।

साथै, उपत्यकाको विभिन्न क्षेत्रबाट १ सय १० वटा सवारीसाधन नियन्त्रणमा परेको उनले जनाए । यसअघि लकडाउनको उल्लंघन बढेको भन्दै गृह मन्त्रालयले कार्यान्वयनमा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !