जनकपुरधाम, वैशाख १७ गते । धनुषाको नगराईन नगरपालिका ७ देवडीहामा एक पुरुषको शव बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको छ ।
धनुषा प्रहरीका अनुसार देवडिहाको पुरनी पोखरीतर्फको जमिनमा अन्दाजी ४० वर्षिय एक पुरुष मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर हुनासाथ प्रहरी घटनास्थलमा पुगेर शव नियन्त्रणमा लिएका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मृतकको पहिचान हुन नसकेको जनाएको छ । मृतक साइकलमा आएको र घाम छल्न रुखमुनिको छायामा बसेको जस्तो प्रारम्भिक अनुसन्धानले देखाएको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले बताएका छन ।
प्रहरीले अनुसन्धान सुरु गरेको भएपनि पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने प्रवक्ता कार्कीको भनाई छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !