जनकपुरधाम, वैशाख १६ गते । जनता भोकमरीको अवस्थामा रहेको बेला जनकपुरधाम उपमहानगरपालिका लकडाउनको एक महिनापछि कुहिएको चामल सहितका खाद्यय सामाग्री सहितका राहत वितरण गरेका छन ।
प्रदेश सरकारबाट रकम पाएको करीब तीन सातापछि जनकपुरधामले राहत वितरण शुरु गरे त्यो पनि कुहिएको र ढुसी लागेको चामल वितरण गर्दा नगरवासी निकै त्रसित भएका छन । उनीहरुले भोकमरीमा उपमहानगरपालिकाले गरीब विपन्नको मजाक बनाएको भनी गुनासो गरेका छन ।

जनकपुरधाम वडा नम्बर १६ कपिलेश्वरमा वडा मार्फत उपहानगरपालिकाले वितरण गरेको चामल ढुसी लागेको कुहिएको पाइएको हो । स्थानीयस्तरमा खाद्यय सामाग्री खरीद नगरी प्रदेश १ का विराटनगरबाट खरीद गरिएको हो ।
कुहिएको चामल देखाउंदै एक स्थानीयले भने खान नपाएर भोकमरी अवस्थामा आफू रहेको बेला उपमहानगरपालिकाले राहतको नाममा कुहिएको चामल दिएर गरीब जनताको मजाक उडाएको भन्दै यो चामल त खान योग्य र नफुयांकन के गर्ने अलमल छौं ।
यो चामल फ्यांकी दिए भोकले मर्नेछौं, यदि भोक मेटन खाए भने बिरामी पर्नेछु, आफू गरीब विपन्न परिवारहरु दुवैतर्फबाट मर्ने नै भो, गरीबको मजाक उडाउने यस्ता जनप्रतिनिधिलाई सम्बन्धित निकायले तत्काल कारवाही गर्नुपर्ने मांग गरेका छन ।
प्रदेश २ सरकारले मजदुर र अति विपन्न परिवारलाई लकडाउनको अवधिमा भोकै बस्नु नपरोस् भन्दै जनकपुरधाम उपमहानगरपालिकालाई प्रदेशले दिएको रकम बराबर थप गरी ४० लाख रुपैया बराबरको राहत वितरण गर्न भनी २० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

उपमहानगरपालिकाले रकम पाएको तेश्रो हप्तापछि राहत वितरण कार्य शुरु गरेका हुन । उपमहानगरपालिकाले सोना मंसुली भनेर साढे ४२ रुपैया प्रतिकिलो रकम विराटनगरस्थित एक व्यवसायीलाई खरीद गरेका छन ।
घटना सम्बन्धमा वडाध्यक्ष रामआशिष पजियारले भने अहिलेसम्म २ सय ३९ परिवारलाई वितरण गरियो जसमध्ये २ जनालाई कुहिएको चामल फेला परयो । तर आफूलाई थाहा भएलगतै त्यो चामल फिर्ता लिई नयाँ राहत प्याकेट दिएका छन ।
उनले भने उपमहानगरपालिकाले आफूलाई सिलपैक बोरा सहितको राहत उपलब्ध गराएको छ, जसमा आफूले हेर्ने कुरै भएन । यसमा आफू दोषी नरहेको उनले दाबी गरे ।

उपमहानगरपालिकाले राहत वापत १५ किलो चाम, नून एक प्याकेट, एक लीटर तेल, साबून एकवटा र दाल, आलू, प्याज, आँटा वापत नगद ३ सय रुपैया दिएका छन । उपमहानगरपालिकाको बोर्ड बैठकबाट यसअघि चामल, तेल, नून, दाल, प्याज, आलू, आँटा र चिनी समेत दिने निर्णय गरिएको थियो ।
तर रकम अपुग भएको भनी आँटा, चिनी र सोयाबीनलाई राहत लिस्टबाट हटाइएको उपमहानगरापालिका श्रोतले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !