जनकपुरधाम, वैशाख १६गते । आफ्ना पार्टीका नेताको अपहरण सम्बन्धमा प्रहरीले मुद्दा दर्ता नगरेको भन्दै नवगठित जनता समाजवादी पार्टी नेता कार्यकर्ताहरुले लकडाउन अवधिमा मशाल जुलुस प्रदर्शन गरेका छ ।
सोमवार सांझ जनता समाजवादी पार्टी नेपालका नेता कार्यक्रताहरु सिरहाको कल्याणपुर वडा नंं. ५ मा वडा अध्यक्षकै अगुवाईमा नेता कार्यकर्ताहरुले लकडाउन उल्लंघन गर्दै मशाल जुलुस प्रदर्शन गरेका हुन ।

आफ्ना पार्टीका सांसद एवं पुर्व स्वास्थ राज्यमन्त्री डा.सुरेन्द्र यादवको अपहरण विरुद्व प्रहरीले मुद्दा दर्ता गर्न नमाने पछि स्थानीय नेता कार्यकर्ताहरुले कानुन एक मात्र हुनुपर्छ कानुन सबैका लागि बराबर हुनुपर्छ भन्दै मशाल जुलुस प्रदर्शन गरियो ।
संघीय समाजवादी पार्टीबाट जितेका वडाध्यक्ष एवं मशाल जुलुसका अगुवाईकर्ता दिपेन्द्र बरबरिया यादवले अपहरण घटनाको मुद्दा अविलम्व दर्ता गर्नुपर्ने दबाब स्वरुप जुलुस निकालिएको बताएका छन । संचारकर्मीसंग कुरा गर्दै उनले भने कानून सबैको लागि बराबर हुनुपर्छ चाहे त्यो मन्त्री होस वा आमनागरिक, तर देशमा प्रधानमन्त्रीको हैकमवादी प्रवृतिले देशमा कानूनको धज्जीया उडाइदैछ ।
कसैसंग काखापाखा गर्नु भएन यो अन्याय हो यदि मुद्दा दर्ता भएन भने लक डाउन पछि सिरहाको कल्याणपुरको चिकना बाट आन्दोलन सुरु गर्छौ र जसको जिम्मवेवार नेपाल सरकार र देशका प्रधानमन्त्री केपीशर्मा ओली हुनेछ ।

लकडाउन अवधिमा मशाल जुलुस गर्नु कतिको जायज हो संचारकर्मीको जिज्ञासामा वडाध्यक्ष यादवले भने हामीले रहरले होइन अन्याय विरुद्ध सडकमा उत्रेका हौं, अधिकार विरुद्ध आवाज उठाउनु संवैधानिक र लोकतान्त्रिक पद्धतिमा सबैको अधिकार छ । तर जहाँसम्म लकडाउनको कुरा हो कानूनको पालना गर्दै सोसल डिस्टेन्स मेन्टन गरेका छौं ।
मुद्दा दर्ता दोषीलाई कारवाही नगरेसम्म हाम्रो आन्दोलन जारी रहनेछ चेतावनी समेत वडाध्यक्ष यादवले दिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !