Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोना विरुद्धको लडाईमा प्रदेश २ सरकारको तयारी अपुग, वीरगंजमा भर पर्ने अवस्था


जनकपरधाम, वैशाख १५ गते । कोरोना भाइरसविरुद्ध लड्न प्रदेश २ सरकारको तयारी अपुग देखिएको छ ।

कोरोना संक्रमितको उपचार गर्ने भनिएका अस्पताल र प्रयोगशालाहरुको कमीको कारण तयारीमा सुस्त गति देखिएको छ । प्रदेश २ मा अस्पताल र प्रयोगशालाको आभाव मात्रै होइन संचालितहरुमा समेत स्वास्थ्य सामाग्री र जनशक्तिको आभाव रहेको छ ।

प्रदेश सरकारले प्रदेशका प्रादेशिक अस्पताल जनकपुर, महोत्तरीको जलेश्वर र बाराको कलैयामा कोभिड उपचार अस्पताल निर्माण गर्ने घोषणा गरेको महिनादिन बितिसक्दा पनि हालसम्म निर्माण हुन सकेको छ ।

प्रादेशिक अस्पतालमा निर्माण क्रम शुरु गरिएपनि हालसम्म कति समय लाग्ने कुनै निश्चित छैन भने जलेश्वर र कलैयामा अहिलेसम्म निर्माणको कुनै छाँटकाट देखिएको छैन । जलेश्वरमा गम्भीर शंकास्पद देखिए प्रादेशिक अस्पताल र कलैयामा फेला पर्दा विरगंज स्थित नारायण क्षेत्रिय अस्पताललाई उपचारका लागि पठाउने गरिएको छ ।

हाल धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पताललाई र पर्साको वीरगञ्जस्थित नारायणी अस्पताललाई कोरोना संक्रमितको उपचार गर्ने अस्पताल भनेर तोकिएको छ । जनकपुरमा काम अत्यन्त सुस्त गतिमा चलिरहेको छ ।

प्रदेश २ मा उपचारका लागि अस्पतालको आभाव मात्रै होइन कि पीसीआर परिक्षणका लागि प्रयोगशालाको उतिकै आभाव रहेको छ । केही दिनअघिसम्म प्रादेशिक अस्पतालमा मात्रै पीसीआर परिक्षण हुँदै आएको थियो । तर हाल जनकपुरमा चिनियाँ मेसिनले काम नगरिरहेको भनी बन्द भएपछि वीरगंजमा मात्र परिक्षण भइरहेको छ ।

प्रदेशका ८ वटै जिल्ला अस्पतालबाट स्वाब संकलन गरी वीरगंजको भर मात्र रहेको छ । हुनत प्रदेश सरकारले जनकपुर र वीरगंज बाहेक राजविराज स्थित गजेन्द्रनारायण सिंह अंचल अस्पतालमा समेत प्रयोगशाला निर्माण गर्ने भनेको थियो तर हालसम्म संचालन त के मेसिन पनि आएको छैन ।

लोकपुरकार सँग कुरा गर्दै स्वास्थ्य निर्देशनालयका सह निर्देशक डा. विजय झाले भने कोरोना भाइरसको उपचारका लागि जुन रुपमा तयारी हुनुपर्ने थियो त्यो रुपमा हुन सकेको देखिएको छैन ।

अहिले मात्र वीरगंजमा प्रयोगशाला छ, कोभिड अस्पताल निर्माण कलैया, जलेश्वर र जनकपुरमा भनिएपनि हालसम्म जनकपुरमा निर्माण भइरहेको छ तर कति समय लाग्ने निश्चित छैन ।

अहिले कुनै संक्रमित फेला पर्दा वीरगंजको नै भर छ, पछिल्लो पटक सर्लाहीमा संक्रमित भेटदा वीरगंज नै उपचारका लागि पठाउनु परयो । मैले बुझेसम्म हाल प्रादेशिक अस्पतालबाट संकलन गरिएका स्वाब वीरगंज, धरान र काठमाडौ पठाइने गरिएको छ ।

त्यस्तै प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिडेन्ट डा. नागेन्द्र यादवले प्रदेश सरकारबाट अस्पताल अन्तर्गत रहेको नर्सिंग क्याम्पसमा कोभिड अस्पताल निर्माण भइरहेको छ तर लकडाउनले गर्दा सामान र जनशक्तिको आभावमा निर्माण हुन कति समय लाग्ने निश्चित नरहेको बताए ।

ल्याब बन्द भएपछि अहिले स्वाब परिक्षणको जिज्ञासा बारे उनले यो मेरो फाँट पनि होइन तर मैले बुझेसम्म स्वाब संकलन गरी वीरगंज नै पठाइने गरिएको छ । प्रादेशिक अस्पतालमा गुणस्तरीय मेसिन नआएसम्म वीरगंजकै भर हो ।

प्रयोगशाला र परिक्षण सम्बन्धमा जानकारी लिन खोज्दा प्रादेशिक प्रयोगशालाका प्रमुख रामविनय साहलाई पटक पटक सम्पर्क गर्दा पनि फोन रिसिभ गरेन ।

पछिल्लो पटक सर्लाहीको एक १४ वर्षिय किशोरको रिपोर्ट प्रादेशिक ल्याबमा निगेटिभ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पोजेटिभ आएपछि, प्रादेशिक ल्याबका प्राविधिकहरुले मेसिन नै गुणस्तरहीन रहेको कारण यस्तो अवस्था आएको भन्दै पीसीआर परिक्षण नै बन्द गरे । चिनियाँ गुणस्तरहीन मेसिन भएको कारण निगेटिभ बाहेक अरु रिपोर्ट नआउने गरेको दाबी छ ।

यता स्थानीय बुद्धिजीवी एवं राजनीतिकर्मीहरुले मुख्यमन्त्री लालबाबु राउतले आफ्नो गृह जिल्लालाई ग्राहयतामा राखेको कारण वीरगंजमा गुणस्तरीय ठूलो मेसिन पठाएको र जनकपुरमा प्रादेशिक अस्पताल हुँदाहुँदै गुणस्तरहीन सानो खाले मेसिन जडान गराएको आरोप लगाएका छन ।

उनीहरुले जनकपुरधामलाई कमजोर र वीरगंजलाई मजबूत पार्ने हिसाबले मुख्यमन्त्री राउतले यस्तो रणनीती अपनाएको आरोप समेत लगाएका छन ।

यी सबै अवस्थाहरु हेर्दा कोरोनाविरुद्धको लडाइँमा प्रदेश २ सरकार पर्याप्त तयारीमा नरहेको जनकपुरधाम स्थित चिकित्सकहरुको भनाई छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव