जनकपुरधाम, वैशाख १३ गते । कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति अन्तर्गत मुख्य सचिवको नेतृत्वमा रहेको कार्यदलले लकडाउन अझै एक हप्ता बढाउन सिफारिस गरेको छ ।
शनिबार सिंहदरबारमा बसेको उच्चस्तरीय समन्वय समितिले नेपालमा लकडाउन हटाउने अवस्था आइनसकेको निष्कर्ष निकाल्दै एक साता थप्नुपर्ने गरेको निर्णय अनुसार सिफारिस गरिएको हो ।

लकडाउनको स्वरुप तयार गर्न मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यादललाई जिम्मा दिइएको थियो । अहिलेसम्म लकडाउनको स्वरुप नआए पनि कम जनसंख्या भएका स्थान र संक्रमित नदेखिएका स्थानमा लकडाउन केही खुकुलो बनाउनेबारे समितिको बैठकमा छलफल भएको र कार्यदलले त्यही अनुसार लकडाउनको स्वरुप तयार पारिरहेको बताइएको छ ।
लकडाउनको अवधि थप गर्नेबारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले औपचारिक निर्णय गरिनेछ । पुराना संक्रमित निको भएर घर फर्कने क्रम बढे पनि नयाँ संक्रमित थपिने क्रम नरोकिएका कारण उच्चस्तरीय समन्वय समितिमा एक सात लकडाउन थप गर्ने र त्यसपछि छिमेकी देश भारतको अवस्था हेरेर अन्य निर्णय लिने भन्ने छलफल भएको एक मन्त्रीले बताए ।

समितिले अन्तरिक र अन्तर्रा्ष्ट्रिय हवाई उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो । शनिबार साँझ समन्वय समितिका संयोजक, उपप्रधान एव रक्षामन्त्री ईश्वर पोखरेल समिति बैठकको निष्कर्ष बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !