काठमाडौ, वैशाख १३ गते । क्वारेन्टिनमा रहेका केही व्यक्तिहरुमा औलो रोगको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिवार देशका विभिन्न ठाउँमा क्वारेन्टिनमा रहेका केही व्यक्तिहरुलाई परिक्षण गर्दा तिनीहरुमा औलो पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन ।

कुन ठाउँको क्वारेन्टिनमा बसेका कति जनामा संक्रमण देखिएको हो भन्ने विषयमा भने मन्त्रालयले केही जानकारी दिएको छैन्। प्रवक्ता डा. देवकोटाले क्वारेन्टिनस्थल व्यवस्थित बनाउन आग्रह समेत गरेका छन् ।
अहिलेको अवस्थामा गर्भवती महिला र बच्चलाईहरुलाई लामखुट्टेको टोकाइबाट जोगाउन र व्यक्तिगत तथा वातावरणीय स्वास्थ्यमा ध्यान दिन पनि उनले आग्रह गरे ।
नेपालमा शनिबारसम्म ४९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिँदा १२ जना उपचारपछि निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालमा उपचाररत २७ वर्षीय पुरुष शनिबार निको भएर घर फर्किएका छन् ।
यसअघि शुक्रबार धौलागिरी अस्पतालबाट १९ वर्षीया युवती उपचारपछि निको भएर घर फर्किएकी थिइन् । शुक्रबार नै झापामा एक जना कोरोना संक्रमण देखिएको थियो ।

झापाको दमकका ६२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। चैत ४ गते उनँका छोरा दुबइबाट फर्किएका थिए । संक्रमण देखिएका पुरुषसँगै अन्य तीन जनाको आरडीटी पोजेटिभ देखिएपछि पीसीआर परीक्षण गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए ।
देशभरी शनिबारसम्म १४ हजार ७ सय ३१ जना क्वारेन्टिनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश ५ मा ७ हजार ९ सय ५६ र बागमती प्रदेशमा १ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ३ गरी बाहिर ८४ गरी ८७ जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !