काठमाडौ, वैशाख १३ गते । कोरोनो भाइरसका उत्पादनकर्ता चीनले स्वतन्त्र अनुसन्धानको मागलाई अस्वीकार गरेको छ ।
अमेरिका र बेलायत लगायतका राष्ट्रले स्वतन्त्र अनुसन्धानको मांग गर्दा चीनले राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको भन्दै चीनले अस्वीकार गरेको हो ।
बेलायतका चिनियाँ शीर्ष कूटनीतिज्ञ चेन वेनले बीबीसीसँग भनेका छन ‘यो माग राजनीतिक पूर्वाग्रहले प्रेरित छ र यो कोरोना भाइरसविरुद्ध चीनको लडाइँ कमजोर पार्ने षड्यन्त्र हो ।

कोरोना भाइरसबारे सुरुमै जानकारी नदिएर विश्वलाई धोका दिएको आरोप चीनलाई लागिरहेको छ । गत डिसेम्बर अन्तिम साता चीनको उहान सरहको एक पुशपक्षी बजारबाट कोरोना भाइरस उत्पन्न भएको बताइन्छ ।
युरोपेली संघको रिपोर्टले पनि चीनले कोरोना भाइरस सम्बन्धी सही जानकारी दिन नचाहने आरोप लगाएको छ । यस्तै आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको निरन्तर आलोचना गरिरहेका छन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !