ईलाम, वैशाख १० गते । शसस्त्र प्रहरीले ईलाम जिल्लाको माई नगरपालिका ३ स्थित रबरडाँडाबाट ०.८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको माई नगरपालिका ४ कालीखोला बस्ने १९ वर्षीय बिराज लिम्बु र झापा जिल्लाको अर्जुनधारा नगरपालिका ३ बस्ने २९ वर्षीय सन्जिब राई रहेको सशस्त्र प्रहरी ईलामले जनाएका छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दानाबारीबाट खटिएको एपीएफ टोलीले आशंकाको आधारमा बा ५ प ९६३५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा तिनीहरु ब्राउन सुगर सहित पक्राउ परेको हो ।
एपीएफ टोलीले ब्राउन सुगरका साथै उनीहरुको साथबाट मोबाईल सेट दुई वटा र नौ सय रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
यसैगरी सिरहा जिल्लाको नवराजपुर गाँउपालिका ५ स्थित सीमा ईलाकाबाट वैशाख १० गते एपीएफ टोलीले विभिन्न किसिमको लागु औषधसहित लहान नगरपालिका २० बस्ने २२ वर्षीय मोहमद मोहोदिन मियाँलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोलीले निज मियाँलाई डाईजिल्याब १६ बोतल, प्रोमेजिन १६ बोतल र १५ वटा सेतो बोतलमा पानी जस्तो देखिने लागु औषधसहित पक्राउ गरेको हो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !