जनकपुरधाम, वैशाख ११ गते । सर्लाही र उदयपुरमा थप एक÷एक संक्रमित भेटिएपछि नेपालमा अब संक्रमितको संख्या ४७ पुगेको छ ।
लकडाउन अवधिमा भारतको दिल्लीबाट आएका सर्लाहीको धनकौल गाउँपालिका ५ का १४ वर्षिय युवक र उदयपुरबाट संकलन गरिएको नमूनामा ५५ वर्षिय महिलामा पोजेटिभ देखिएको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना पुष्टि गरेको छ ।

सर्लाहीका युवकलाई कोरोना संक्रमण नरहेको भनी डिस्टार्ज गरी घर फर्काएको चौथो दिनमा पोजेटिभ देखिएको हो । दिल्लीबाट आएका ती युवकलाई स्थानीय तहले हरकठवास्थित क्वारेन्टाइनमा राखेको थियो ।
क्वारेन्टाईनमै रहेको अवस्थामा रैपिड विधिबाट टेस्ट गर्दा रिपोर्ट पोजेटिव आएपछि जनकपुरधाम अस्पतालमा वैशाख ५ गतेतिर स्वाव परिक्षण गर्दा रिपोर्ट निगेटिव आएपछि उनलाई दुई दिनपछि अस्पतालबाट डिस्चार्ज गरी घर फर्काएपनि थप परिक्षणका लागि टेकु अस्पतालमा पठाएपछि रिपोर्ट पोजेटिभ आएको कुरा प्रादेशिक अस्पताल जनकपुरका मेसु डा. नागेन्द्र यादवले बताएका छन ।
हाल स्वास्थ्यकर्मीको निगरानीमा हरकठवा क्वारेन्टाईनमा रहेका ती युवकलाई उपचारका लागि पुनः प्रादेशिक अस्पतालमा ल्याउने तयारी भइरहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले जानकारी दिएका छन ।
साथै उनले भने संक्रमितको सम्पर्कमा रहेकाहरुको कन्टयाक्ट ट्रेसिङ्ग प्रक्रिया समेत चाँडै अघि बढाइनेछ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !