काठमाडौ, वैशाख १० गते । अमेरिकाको मिसौरी राज्यले चीन विरुद्ध नियतवश कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलाएको आरोप लगाउँदै मुद्दा दायर गरेको छ ।
मिसौरीका महान्यायाधिवक्ता एरिक स्मिटले अमेरिकाकै अदालतमा चीनविरुद्ध मुद्दा दायर गरेका हुन् । अमेरिका र चीनको बीचमा यो महामारीको जिम्मेवारीको विषयमा विवाद जारी रहेकै समयमा अमेरिकी राज्यले चीनविरुद्ध मुद्दा दायर गरेको समाचार एजेन्सीले जनाएको छ ।

सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले यो महामारी नियन्त्रणको लागि निकै राम्रो काम गरिरहेको बताउँदै आएका थिए। तर, अमेरिकामा यो महामारी फैलिँदै गएसँगै उनले यसका लागि चीन जिम्मेवार रहेको संकेत गर्दै आएका छन् । यसैबीचमा मिसौरीले चीनमाथि मुद्दा दायर गरेको हो ।
मिसौरीले दायर गरेको मुद्दामा यो भाइरस नियन्त्रणको लागि चीनले आवश्यक कदम नचालेको र यसको कारण मिसौरीका बासिन्दाहरू अर्बौँ डलरको क्षति सहन बाध्य भएको उल्लेख छ ।
चीन सरकारले यो भाइरसको जोखिम तथा यसको प्रकृतिबारे विश्वासलाई समयमा नै जानकारी नदिएको पनि मुद्दामा भनिएको छ ।
मंगलबार दायर गरिएको सो मुद्दामा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र अन्य चिनियाँ अधिकारी तथा संस्थाहरूलाई विपक्षी बनाइएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !