मलंगवा, वैशाख १० गते । लकडाउन उल्लंघन गर्ने स्थानीय सम्झाउन जाँदा सर्लाहीमा स्थानीय युवा समूहको कुटाईबाट एक प्रहरी सहायक निरीक्षक (असई) भएका छन् ।
सर्लाहीको राजघाटस्थित प्रहरी चौकीमा मोबाईल चोरी भएको उजुरी आएपछि चौकी नजिकैको गाउँमा पुगेका मण्डलमाथि लकडाउन उल्लंघन गर्दै जम्मा भएका स्थानीयले सम्झाउन गएका असई विकरु मण्डललाई स्थानीयले कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मंगलबार राती ९ बजे तिर एक प्रहरी जवानसँगै गाउँ पुगेका प्रहरी सहायक निरीक्षक मण्डलले धेरै भिडभाड नगर्न भनेर सम्झाउने क्रममा स्थानीय बासिन्दासँग भनाभन भएको र विवाद बढ्दै गएपछि मदिरा सेवन गरेर मातिएका स्थानीय बासिन्दाको समूहले कुटपिट गरेको बुझिएको छ ।
कुटपिटमा संलग्न भएको आरोपमा राती नै स्थानीय तीनजनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । टाउकोमा चोट लागेर घाईते भएका प्रसनि मण्डलको हरिवन स्थित नमुना अस्पतालमा उपचार भइरहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !