एजेन्सी,
नयाँदिल्ली, वैशाख ९ गते । नेदरल्याण्ड, चेक रिपबल्कि र स्पेनपछि भारतले पनि चिनियाँ आयातित रैपिड किटमा रोक लगाएको छ ।
भारतको राजस्थान सरकारले कोरोना भाइरसको टेस्टका लागि चिनबाट मंगाइएको रैपिड किट परिक्षणको परिमाण गलत आइरहेको भन्दै त्यसबाट टेस्टमा रोक लगाएको हो ।

भारतीय संचार माध्यमका अनुसार राजस्थान राज्य सरकारले राज्यमा चिनबाट आयातित रैपिड किटबाट गरिएको टेस्टमा ९५ प्रतिशत रिजल्ट गलत आएको भन्दै तत्कालका लागि सो किटबाट परिक्षण नगर्न राज्यका सबै अस्पताललाई निर्देशन मंगलवार नै दिइसकेका छन ।
राज्य सरकारबाट भनिएको छ चिनबाट खरीद गरिएको रैपिट किटबाट टेस्ट गर्ने काम बन्द गरौ, रैपिड टेस्टिंगका लागि सरकारले नयाँ रणनीति तयार गरेपछि अघि बढने छ । राजस्थानले चीनबाट १० हजार रैपिड किट मँगाएको थियो ।
राजस्थानस्थित सवाई मानसिंह अस्पतालमा २ जनाको चीनबाट खरीद गरिएका रैपिडबाट टेस्ट गर्दा निगेटिभ आयो, त्यसपछि अन्य ठाउँबाट मंगाइएका किट र पीसीआर गर्दा पोजेटिभ आएपछि राजस्थान सरकारले चिनियाँ किटमा ९५ प्रतिशत रिजल्ट गलत रहेकोले अब प्रयोग नगर्ने निष्कर्ष निकाल्यो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !