Friday, August 21, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अध्यादेशले गर्दा नेकपाभित्र मच्यो तरंग, माओवादी पक्ष असन्तुष्ट


काठमाडौ, वैशाख ९ गते । कोरोना कहरको त्रसित माहौल एकाएक सरकारले राजनीतिक दल सम्बन्धी ल्याएको अध्यादेशले नेपाल कम्युनिष्ट पार्टीमा हलचल मचेको छ ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेसँगै मंगलवारदेखि उनकै पार्टी भित्र सरगर्मी बढेको छ ।

विद्यामान कानुनमा संघीय संसद् र केन्द्रीय समितिको ४० प्रतिशत र्पुयाए मात्र विभाजित भएको दलले मान्यता पाउने अवस्था थियो । तर, सरकारले अब सङ्घीय संसद् वा केन्द्रीय समितिको ४० प्रतिशत भए दल फुटाउन मिल्ने गरी अध्यादेश ल्याएको छ । यो अध्यादेशले नेकपा भित्रका माओवादी खेमाभित्र नयाँ तरंग उत्पन्न भएको छ ।

मंगलवार बिहान बालुवाटारमा बसेको बैठकमा अध्यादेश बारे छलफल हुँदा माओवादी पक्षका नेताहरुले असन्तुष्टि जनाएका छन । प्रधानमन्त्रीले माओवादी नेताहरुको असन्तुष्टिमा केही प्रतिक्रिया दिएन ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुसाल र ऊर्जामन्त्री वर्षमान पुनले असन्तुष्टि जनाए । उनीहरुको प्रश्न थियो– महामारी भोगिरहेको अहिलेको अवस्थामा त्यस्तो अध्यादेश ल्याउन खोज्नुको कारण के हो ?

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा विभाजन वा एकताजस्ता विषय दलको अधिकार क्षेत्रभित्र पर्ने तर्क गरे । तर, अध्यादेश यतिबेलै ल्याउनुको कारणबारे उनले सीधा जवाफ दिएनन् ।

‘यो अध्यादेश ल्याउनुको कारण के हो भन्ने विषयमा प्रधानमन्त्री बोल्नु भएन। त्यस विषयमा तीन मन्त्री बाहेक अरुले प्रश्न पनि गर्नु भएन,’ बालुवाटारमा मन्त्रीपरिषद बैठक सकेर सिंहदरबारस्थित कार्यकक्षमा आइपुगेका एक मन्त्रीले संचारकर्मीसँग भने, ‘अहिले संकटको अवस्थामा प्रधानमन्त्रीले कुन मनसायले यस्तो प्रस्ताव ल्याउनु भएको हो। हामीले बुझ्न सकेका छैनौँ ।

माओवादीतर्फका उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री बिना मगरलगायत उर्जा मन्त्रालयमा भेला भएर केहीबेर छलफल समेत गरेका छन । त्यसपछि उर्जामन्त्री पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतका मन्त्रीहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेको बुझिएको छ ।

मन्त्रीहरुसँग छलफल गरेपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई फोन गरेपछि प्रचण्ड निकट एक नेताका अनुसार प्रचण्डले ‘सचिवालयको बैठक राखौं नत्र सचिवालयका हामी उपलब्ध साथीहरू यतै बैठक बस्छौं’ भनेपछि ओली बालुवाटारमा बैठक गर्न तयार भएको थियो ।

सचिवालयको बैठकको सुरुमै प्रधानमन्त्री ओलीले ‘संवैधानिक परिषदलाई सक्रिय गराउन यो अध्यादेश ल्याइएको र नेकपा लक्षित नरहेको’ स्पष्टीकरण दिएको बुझिएको छ । बैठकमा अध्यक्ष प्रचण्डसहित केही नेताले अध्यादेश ल्याउन अहिले उपयुक्त समय नभएको बताएका थिए भने केही ओलीको समर्थनमा उभिएका थिए ।

सचिवालय बैठक चलिरहँदा सोमबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । सिफारिस भएलगत्तै राष्ट्रपतिबाट जारी भएको अध्यादेशलाई आजै राजपत्रमा प्रकाशित गरिसकिएको छ ।

ओलीको कदमलाई लिएर नेकपाभित्रै व्यापक असन्तुष्टि पैदा भएको छ । जुनसुकै नियतले ल्याइएको भएपनि सो अध्यादेशका लागि यो उपयुक्त समय नभएको केन्द्रीय सदस्य विजय पौडेलले बताए ।

यता विपक्षी दल नेपाली कांग्रेस र समाजवादी पार्टीले प्रधानमन्त्रीको कदम गैरजिम्मेवारपूर्ण र आपत्तिजनक भएको बताएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव