एजेन्सी,
नयाँदिल्ली, वैशाख ९ गते । विश्वभरि महामारीको रुपमा फैलिएको शिकार पत्रकारहरु पनि भएका छ ।
पछिल्लो पटक अग्रपंक्तिमा रहेर रिपोर्टिंग गर्दै आएका भारतको मुम्बईमा ५३ जना पत्रकार पनि कोरोना भाइरसबाट संक्रमित भएको छ ।

कोरोना फैलिँदै गएपछि १६ र १७ अप्रिल दुई दिन चलाइएको विशेष परीक्षण अभियानका क्रममा ब्रिहान मुम्बई नगर परिषद् (बीएमसी) ले एक सय ७१ जना पत्रकारको नमुना लिइएको थियो ।
त्यो नमुना टेलिभिजन, रेडियो र छापा माध्यममा काम गर्ने सबै पत्रकारको लिइएको थियो । जसमा छापामा काम गर्ने पत्रकार र टेलिभिजनमा काम गर्ने क्यामेरा पर्सन पनि थिए।
‘१ सय ७१ पत्रकारमध्ये ५३ जनामा कोरोना पोजेटिभ देखिएको छ’, ब्रिहान मुम्बई नगर परिषद्का प्रवक्ता विजय खाबलेले भने, ‘उनीहरु सबैलाई अहिले आइसोलेसनमा राखेर उपचार थालिसकेका छौँ । स्वास्थ्यकर्मीले ती पत्रकारसँग भेट भएका अन्य मानिसको खोजी पनि थालिसकेको छ ।
भारतीय अनलाइन द हिन्दुका अनुसार मुम्बईमा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या सोमबारसम्म २ हजार ७ सय २४ पुगेको छ जसमध्ये पत्रकार ५३ जना रहेको छ ।
मुम्बईमा मृत्यु हुनेको संख्या १ सय ३२ पुगिसकेको छ । मुम्बईको सिटी सिभिक अस्पतालले जानकारी दिए अनुसार सोमबार गरिएको परीक्षणमा ५३ जना पत्रकारलाई कोरोना भाइरस पुष्टि भएको हो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !