जनकपुरधाम, वैशाख ७ गते । कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणका लागि धनुषाको मिथिला नगरपालिकाले विभिन्न चरणको कार्यक्रम सम्पन्न गरी लकडाउनका कारण बाहिरबाट आउने पैदल यात्रुहरुलाई खाना खुवाउने कार्यक्रम जारी राखेका छन ।
लकडानमा फंसेर गणतव्यतर्फ काठमाडौ लगायत पुर्व पश्चिमराजमार्गबाट ढल्केवर हुँदै आवात जावत गर्ने यात्रुहरुलाई बिहान र बेलुका दुई छाक खाना, चिया र खाजा सहितका खुवाउने कार्यक्रम केही दिनदेखि संचालन गरेका छन ।

नगरपालिकाका मेयर हरिनारायण महतोले भने गरीब, दलित र अतिविपन्न बाहेक सम्पन्ता हुँदाहुँदै बन्दाबन्दी बाटो घाटोमा होटल बन्द भएको कारण खाना पाउन गाह्रो भएको दृष्टिगत गरी लकडाउनमा फंसेर गणतव्यतर्फ जानेहरु यात्रुहरुका लागि नगरपालिकाले खाना र खाजाको व्यवस्था गरिएको बताए ।
कारोना भाइरस रोकथामका लागि मिथिला नगरपालिकाले हालसम्म तीन चरणको कार्यक्रम सम्पन्न गरिसकेको छ । पहिलो चरणमा सचेतना र सर्तकताका लागि प्रचार प्रसार र माइकिंग, दोश्रो चरणमा मास्क तथा साबून वितरण सहित तेश्रो चरणमा राहत वितरण कार्य सम्पन्न गरिसकेको छ ।
लकडाउनका कारण मार्कामा परेका गरीब, दलित, अति विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदूर सहितका नगरपालिकाका ५ हजार १ सय घरपरिवारलाई १५ किलो चामल, दाल, नून, सोयाबीन आलू लगायतका खाद्य सामाग्री वितरण गरिसकिएको मेयर महतोले जानकारी दिए ।
कोरोना भाइस संक्रमणको शंकास्पद र विदेश खासगरी भारतबाट आएका व्यक्तिहरुको निगरानीका लागि लालगढ स्थित कुष्टरोग अस्पतालमा क्वारेन्टाईन निर्माण गरिएको छ । सो क्वारेन्टाईनमा आरडीटी परिक्षणका लागि ल्याब सहित क्वारेन्टाईन र पालिका स्थित स्वास्थ्य संस्थामा खटने स्वास्थ्यकर्मीहरुको लागि पिपिई, मास्क, ग्लब्स लगायतका उपचार सामाग्रीको व्यवस्थापन नगरपालिकाले आफ्नै खर्चमा गरेको जानकारी समेत मेयर महतोले दिए ।
मेयर महतोले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि संचालित कार्यक्रमहरुमा प्रदेश सरकारले राहतको लागि उपलब्ध गराएको १५ लाख रुपैया बाहेक प्रदेश वा संघीय सरकारबाट कुनैपनि सहयोग नभएको बताए ।
यसैबीच कोरोना भाइरस महामारीको बेला नेपाल रेडक्रस सोसाइटी धनुषाको ब्लड बैंकमा रगतको आभाव भएको अवस्थामा आइतवार रक्तदान भएको छ ।
कोरोना भाइरस महामारीले गर्दा स्वेच्छिक र संस्था रक्तदान हुन नसकेपछि रेडक्रसको ब्लड बैंकमा रगतको आभाव भएको थियो । सोही क्रममा मिथिला नगरपालिकामा रेडक्रसकै कर्मचारी र स्थानीय एक संस्थाको सहयोगमा करीब ४६ जनाले रक्तदान गरेको छन ।
कोरोना भाइरस महामारी रगतको आवश्यक पर्ने सक्ने सम्भावनालाई दृष्टिगत गर्दै मिथिला नगरपालिका ९ बडहरी स्थित रेडक्रस भवनमा श्री नवयुव कृषक समूहको अगुवाईमा २१ जना र रेडक्रसका कर्मचारी कपिलदेव ठाकुरको अगुवाईमा स्थानीय ३२ जनाले रक्तदान गरेका हुन ।
ब्लड बैंकमा रगतको आभाव हुन थालेपछि बिरामीहरुको लागि गम्भीर समस्या हुन सक्ने अवस्थाको दृष्टिगत गर्दै नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेश सिंहले रक्तदान गर्न पटक पटक आह्वान गर्दै आएका छन ।
सो रेडक्रसबाट धनुषा, महोत्तरी र सिरहा लगायतका जिल्लामा बिरामीलाई रगत आपूर्ति गरिदै आएको छ । खासगरी गर्भवती महिला, दुर्घटनामा परेका लगायत गम्भीर प्रकृतिका बिरामीलाई रगत चढाउने आवश्यकता पर्ने गरेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !