Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सरकारको बेवास्ताले खोप आभावमा बालबालिकाहरुको ज्यान जोखिममा


सुभाष कर्ण/जनकपुरधाम, वैशाख ७ गते । नेपाल सरकारको बेवास्ताका कारण कोरोना भाइरस बाहेक बालबालिकामा गम्भीर रोग सहितका जोखिम अवस्था श्रृजना हुने भएको छ ।

जन्मदेखि १५ महिनासम्म बालबालिकामा नियमित रुपमा लगाइने खोप विभिन्न खोपहरु समयमै नलगाउंदा लाखौं बालबालिकामा विभिन्न रोग सहित अपांगता र मृत्यु समेत हुन सक्ने अवस्था मुलुकले निम्त्याउने अवस्था हुने निश्चित नै छ ।

कोरोना भाइरस (कोभिड १९) को फैलिदै गएको महामारीको कारण सरकारले जारी गरेको लकडाउन पालना गराउने उद्देश्यले बालबालिकामा लगाइदै आएको खोप कार्यक्रम स्वास्थ्य मन्त्रालयद्वारा तत्कालका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा बन्द गरियो । तर लकडाउनको २५ औं आइसक्दा पनि बालबालिकालाई खोप लगाउने व्यवस्थापन गर्न सकेको छ ।

जन्मदेखि १५ महिनासम्म विभिन्न खासगरी क्षयरोग सहितका विभिन्न रोगबाट बचाउन जन्मना साथ ४५ दिनभित्र शिशुलाई लगाइने बीसीजी र ९ महिना तथा १५ महिने बालबालिकामा लगाइने दादुरा रुबेला खोप समेत बन्द गरिएपछि यस क्षेत्रका सयौं नवजात शिशुमा गम्भीर असर पर्ने अवस्था देखिन्छ ।

विश्व अहिले कोरोना भाइरस संक्रमणको खोपका बालबालिकामा लगाइने बीसिजी र दादुरा रुबेला खोपमा अनुसन्धान गरिरहेको बेला सरकारले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने खोप बन्द गरेको कारण अन्य व्यक्तिभन्दा बालबालिका बढी जोखिम अवस्थामा रहेको छ । कोरोनामा देखिने लक्षण ज्वरो र श्वास प्रश्वास समस्याका लागि बीसीजी प्रभावकारी देखिएको छ ।

प्रादेशिक अस्पताल जनकपुरमा मात्रै लकडाउन भएदेखि औसत १२ को दरले ३ सय हाराहारीमा बच्चाको जन्म भएको छ । तिनीहरुलाई समयमै क्षयरोग विरुद्धको बिसिजी खोप नलगाइए मुलुकलाई ठूलै मानवीय क्षति हुने सक्ने चिकित्सकहरुको भनाई छ ।

कोरोना सहित अर्कै महामारी हुन सक्ने

स्वास्थ्य निर्देशनालय प्रदेश २ का प्रशासकीय अधिकृत विजय झाले भने बालबालिकामा लगाइने नियमित सबै खोप जरुरी छ । तर बीसीजी र दादुरा रुबेला खोप अविलम्ब लगाउनु पर्दछ ।

किनभने बीसीजी नलगाइए जन्मिने बच्चामा क्षयरोग लगायतक विभिन्न संक्रमणको सम्भावना हुन्छ । यदि दादुरा रुबेला खोप लगाइएन भने निमोनिया र डाइरिया लगायतका रोग लाग्ने सम्भावना बढी हुन्छ ।

उनले भने कोरोना भाइरसमा देखिने लक्षण पनि निमोनिया नै हो । यदि बच्चा निमोनिया, क्षयरोग लगायतका बिरामीको शिकार भए भने रोगप्रतिरोधात्मक क्षमता कम हुनेछ तिनीहरुमा कोरोना भाइरसको संक्रमण फैल्न सक्ने सम्भावना बढी हुन सक्छ ।

यी खोपहरु बच्चालाई समयमा नलगाए कोरोनो भाइरसको महामारी संगै अर्कौ महामारी उत्पन्न हुने सक्ने उनको भनाई छ ।

चाँडै संचालन हुने मेसु सिंहको भनाई

प्रादेशिक अस्पताल जनकपुरका निमित मेसु एवं राष्ट्रिय खोप समितिका सदस्य डा. जामुन सिंहले भने जन्मिने बच्चामा बिसिजी खोप लगाउनुपर्ने अत्यन्त जरुरी देखिन्छ । यदि तिनीहरुलाई समयमै खोप लगाइएन भने जनकपुरधाम मात्रै होइन देशैलाई गम्भीर जोखिमको सामना गर्नुपर्ने अवस्था श्रृजना हुन सक्छ ।

उनले भने कोरोना भाइरस महामारी नियन्त्रणका लागि जारी लकडाउनका दृष्टिगत गर्दै तत्कालका लागि बन्द गरिएको थियो । तर तीन दिनअघि खोप विभागले प्रत्येक बालबालिकामा खोप लगाउने निर्णय गरिसकेको छ । तर कसरी लगाउने भन्ने मापदण्ड तयार हुदैछ चाँडै खोप कार्यक्रम शुरु हुनेछ ।

बीसीजी खोप कोरोनाका लागि प्रभावकारी

विश्वका वैज्ञानिकहरुले बीसीजी खोप क्षयरोगभन्दा वृहत्तरुपमा काम गर्ने विश्वास व्यक्त गर्दै यसमा अनुसन्धान शुरु गरेको छ ।

विज्ञहरुका अनुसार खोपले भाइरस, ब्याक्टेरिया र परजीवीको संक्रमणलाई पहिचान गरी प्रतिरोधात्मक क्षमता बलियो बनाउने काम गरेको छ । बीसीजीको खोपले कोरोनाभाइरस संक्रमण तीब्र हुनबाट जोगाउने काम समेत गर्ने केही प्रमाण फेला परेको छ । केही महिनाभित्रै गरिने प्रयोगशाला परीक्षणपछि मात्रै उक्त प्रमाणलाई थप पुष्टि गर्नेछ ।

अष्ट्रेलियाका मेलबर्नका केही वैज्ञानिकहरुले बीसीजी खोपबारे हजारौं चिकित्सक, नर्स, श्वासप्रश्वास थेरापिस्ट र अन्य स्वास्थ्य कार्यकत्र्तामा थप अनुसन्धान र अध्ययन सुरु गरेको छ । मेलबर्न विश्वविद्यालयमा शोधकत्र्ताको रुपमा कार्यरत परीक्षण योजनाका प्रमुख योजनाकार समेत रहेका कर्टिसले उक्त खोप रामवाण नै हुने कसैले विश्वास गरेको थिएन तर केही संक्रमितमा बीसीजी लगाएपछि निको भएका छन ।

समयमा खोप नदिइए प्रकोप बढने

विश्व कोरोना भाइरस विरुद्ध लडिरहेको बेला विश्वभर दादुराको प्रकोप बढ्न सक्ने युनिसेफले चेतावनी दिएको छ । नेपालसहितका देशहरुमा दादुरा विरुद्ध बालबालिकालाई दिइने खोप समयमै नदिइए यसको प्रकोप बढ्न सक्ने चेतावनी युनिसेफले दिइसकेको छ ।

नेपालसहित विश्वका ३७ देशका ११ करोड ७० लाख बालबालिकाले समयमा दादुराविरुद्ध खोपबाट टाढा हुनसक्ने युनिसेफले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड १९ महाव्यादीको समयमा बालबालिकाको रोग प्रतिरोधी क्षमता बढाउने अभियानका लागि भन्दै गाइडलाइन नै सार्वजनिक गरेको छ । गाइडलाइनमा नियमित रुपमा खोप अभियानलाई अगाडि बढाउन भनेको छ । त्यसका लागि खोप अभायनमा सहभागी हुने स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षामा सतर्कता अपनाउन समेत भनेको छ ।

युनिसेफको तथ्यांक अनुसार ५० वर्षदेखि निरन्तर खोप अभियान चलाए पनि २०१८ मा एक लाख ४० हजार बालबालिकाले ज्यान गुमाइसकेका छन । १२ महिनाभन्दा कम उमेरका बालबालिका यसको संक्रमणबाट मर्न सक्ने सम्भावना बढी हुन्छ ।

यस्ता छन नियमति लगाइने खोप

१. वि.सि.जी — यो खोप जन्मनसाथ लगाइन्छ । यसलाई एक डोज लगाए पुग्छ । यसले क्षयरोग विरुद्ध काम गर्छ । क्षयरोगका साथै भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धी संक्रमण र शरीरको प्रतिरोधी क्षमतालाई मजबूत बनाउंछ ।

२. डि.पि.टी — हेपर बि÷हिब — यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ । यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बि, हेमाफिलस बिबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ ।

३. पोलियो — पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियो माईलाइटिसबाट जोगाउँछ ।

४. एफआइपीभी — यो ६ हप्ता र १४ हप्ताको उमेरमा दिइन्छ । दुई पटक दिनुपर्छ । यसले रोटा भाइरसद्वारा हुने पखला बिरुद्ध काम गर्छ ।

५. पि.सी.भी. — यो खोप ६ हप्ता, १० हप्ता र ९ महिनाको उमेरमा दिइन्छ । यो तीन पटक दिइन्छ । यसले न्युमोकोकसबाट हुने मेनिजाइटिस र निमोनियाबाट बचाउँछ ।

६. दादुरा रुबेला — यो खोप ९ महिना र १५ महिनाको उमेरमा दिइन्छ । यसले दादुरा, रुबेलाबाट जोगाउँछ ।

७. जे.ई — यो खोप १२ महिनाको उमेरमा दिइन्छ । यसले जापानिज इन्सेफलाइटिसबाट बचाउँछ ।

८. टी.डी. — यो खोप गर्भवती महिलालाई गर्भको ५ औं महिनामा दिइने गरिन्छ । यसले धनुष्टांकार र भ्यागुते रोगबाट बचाउँछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव