जनकपुरधाम, बैशाख ७ गते । सडकमा पैसा फालेर त्रास फैलाएको आरोपमा पक्राउ परेकी महिलाहरुको कोरोना भाइरस चेकजाँचको आरडीटी रिपोर्टमा पोजेटिभ देखिएपनि पीसीआर रिपोर्टमा निगेटिभ आएको छ ।

जनकपुरधाम ५ स्थित महावीर चौकमा पैसा फालेको आरोपमा पक्राउ परेकी र आइसोलेशन वार्डमा उपचारत रहेकी सहित तिनै जना महिलाको पीसीआर रिपोर्ट निगेटिभ आएको कुरा प्रादेशिक अस्पताल स्थित प्रयोगशालाका निमित निर्देशक डा. रामविनय साहले बताएका छन ।
उनले भने आरडीटी परिक्षण रिपोर्ट पोजेटिव देखिएपछि दिउँसो १ बजेर १५ मिनेटमा पीसीआर परिक्षणको आएको रिपोर्टमा निगेटिभ देखिएको हो । हुनत अधिकारिक रिपोर्ट यो समाचार लेख्दासम्म सार्वजनिक गरिएको छैन । श्रोतका अनुसार ती रिपोर्टको काठमाडौ टेकुबाट पुष्टि भएपछि मात्रै सार्वजनिक गरिनेछ ।
यता शुक्रवार सडकमा पैसा फालेको आरोपमा पक्राउ परेकी दुवै महिला हाल प्रहरी थुनुवामै रहेकी छिन । धनुषा प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले रिपोर्टको बारेमा आफुलाई अझै जानकारी नरहेको बताएका छन ।
उनले भने यदि रिपोर्ट निगेटिभ आयो भने महिलाहरुलाई छाडिने बताए । अनुसन्धानको जिज्ञासामा उनले भने रिपोर्ट निगेटिभ आएपछि अनुसन्धानको कुनै कुरै भएन पक्रिया पुरा गरेर उनीह्रु दुवैजनालाई छाडिनेछ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !