जनकपुरधाम, वैशाख ६ गते । प्रदेश २ मा शनिवार दिउंसोसम्म कोरोना भाइरस शंकास्पदको ५ सय ५१ जनाको गरिएको स्वाव परिक्षणमा ५ सय १२ जनाको रिपोर्ट निगेटिभ आएको छ ।

प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालामा परिक्षण गरिएको मध्ये ३५ जनाको रिपोर्ट आउन बांकी रहेको छ । ४ जनाको रिपोर्ट यसअघि नै पोजेटिभ आइसकेको छ । शनिवार मात्रै दिउंसोसम्म ६ जनाको स्वाब संकलन गरिएको हो ।
त्यसैगरी रैपिड किटबाट परिक्षणका लागि शनिवारसम्म एक हजार ८ सय २२ जनाको आरडीटी संकलनमा १ हजार ८ सय १९ जनाको रिपोर्ट निगेटिभ आएको छ भने ३ जनाको रिपोर्ट पोजेटिभ यसअघि नै देखाइसकेको छ ।
निर्देशनालयका अनुसार शनिवार मात्रै दिउंसोसम्म प्रदेशका ८ वटै जिल्लाबाट ९ सय ४० जनाको आरडीटी संकलन गरिएको हो । हालसम्म पर्सा जिल्लाबाट सबभन्दा बढी ९ सय २३ जनाको आरडीटी परिक्षण गरिएको छ जसमध्ये पोजेटिभ अहिलेसम्म देखिएको स्वास्थ्य निर्देशनाालयले जनाएको छ ।
त्यसैगरी सप्तरी जिल्लाबाट २ सय ८७ जनाको गरिएको परिक्षणमा २ जना पोजेटिभ, सर्लाहीबाट ५४ जना मध्ये एकजनाको पोजेटिभ रिपोर्ट आरडीटीमा देखाएको छ । सिरहाबाट १ सय १० जना, धनुषा र महोत्तरीबाट ५४/५४ जना, रौतहटबाट २ सय ७८ र बाराबाट ६२ जनाको आरडीटी परिक्षण गरिएकोमा सबैको रिपोर्ट निगेटिभ आएको छ ।
आरडीटी परिक्षणमा पोजेटिभ देखाइएकोहरुको पुनः स्वाव परिक्षण गरिनेछ, त्यसमा पोजेटिभ देखिएपछि मात्रै अधिकारिक पुष्टि हुने प्रादेशिक अस्पताल जनकपुर प्रयोगशालाले जनाएको छ ।
त्यसैगरी प्रदेशभरिका १ सय ७१ वटा क्वारेन्टाईनमा १ हजार २ सय ६५ जना क्वारेन्टाईनमा रहेका छन भने एक हजार ६ सय ७७ जना होम क्वारेन्टाईनमा रहेको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. हरिशचन्द्र यादवले जानकारी दिएका छन ।
उनका अनुसार सप्तरीमा ५ सय ८७ बेडको ३२ वटा, सिरहामा २ सय ५८ बेडको १७, धनुषामा ३ सय ६२ बेडको १७, महोत्तरीमा ३ सय ८८ बेडको १९, सर्लाहीमा ४ सय १७ बेडको ३७, रौतहटमा ७ सय ५ बेडको १६, बारामा ४ सय ४ बेडको १७ र पर्सामा ४ सय ८८ बेडको १६ वटा क्वारेन्टाईन हालसम्म निर्माण भइसकेको छ ।
प्रदेशका ८ वटै जिल्लामा २ सय २० बेड सहितको आइसोलेशन वार्ड हालसम्म निर्माण भइसकेको छ । जसमध्ये सप्तरीमा १३, सिरहामा ४१, धनुषामा १२, महोत्तरीमा २६, सर्लाहीमा १५, रौतहटमा ३५, बारामा ४८ र पर्सामा ३० बेड सहितको आइसोलेशन वार्ड निर्माण गरिएको छ ।
ती मध्ये सिरहामा ४, धनुषामा ४, बारामा २ र पर्सामा ४ जना गरी प्रदेशभरिमा जम्मा १४ जना बिरामी उपचारत अवस्थामा रहेको निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले जानकारी दिएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !