जनकपुरधाम, वैशाख ६ गते । कोरोना भाइरसको महामारी दिन प्रतिदिन फैलिदैं गएको अवस्थामा प्रदेश २ का राजधानी जनकपुरधाममा समेत बाहिरी व्यक्तिका लागि प्रवेश निषेध गरेका छन ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का जनक चौक स्थित विभिन्न टोल प्रवेशद्वारमा बाँसको ढाट तेर्साएर प्रवेश निषेध गरेका हुन । नेपालमा संक्रमितको संख्या बढदै गएपछि टोलभित्र अपरिचित वा बाहिरी कोही प्रवेश गर्न नसकुन भन्ने उद्देश्यले प्रवेश निषेध गरेका छन ।

ढाँट लगाएर बाहिरका मानिसलाई आवतजावतमा रोक लगाइएर टोलवासीले व्यानरमा कोरोना भाइरसबाट आफु पनि बचाउन र अरुलाई झुण्डयाएर आग्रह गरिएको छ । प्रवेश निषेध गरिएपछि टोलवासी पनि अरु टोलमा जानबाट रोक लगाइएको छ ।
हुनत एम्बुलेन्स, खाद्यान्न, दुध र तरकारी बोक्ने गाडीलाई छुट दिइएको छ । टोलवासीलाई चाहिने अत्यावश्यक सामाग्री औषधि र खाद्यान्नको पसल भने नियमित रुपमा लकडाउनको पालना गर्दै खोल्न छुट दिइएको छ ।
संचारकर्मी सँग कुरा गर्दै टोलवासी रामसुरत साहले भने कोरोना भाइरसको महामारीबाट टोलवासी र जनकपुरवासीलाई बचाउन हामीले अपरिचित र बाहिरी व्यक्तिको प्रवेशमा रोक लगाएका हौं ।
उनले भने जबसम्म कोरोना भाइरसका महामारी रहनेछ तबसम्म हामी यस कार्यक्रमलाई निरन्तरता दिनेछु ।
त्यस्तै अर्का टोलवासी अमित भगतले भने टोलवासीलाई चाहिने अत्यावश्यक सामाग्री टोलमै उपलब्ध गराइदै छ यदि आवश्यक परेको खण्डमा टोल समितिलाई सूचना दिएर बाहिर जाने दिने गरिएको छ ।
जनकपुरधाममा हालसम्म कोरोना भाइरस संक्रमित नदेखिएपनि महामारीको त्रासले सुरक्षाको दृष्टिकोणले टोलवासी यस्तो कदम चालेका हुन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !