काठमाडौ, वैशाख ५ गते । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ ।

कोरोना भाइरसका कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित कोषमा जम्मा गरिएको राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।
यसैबीच राष्ट्रपति भण्डारीले महेन्द्रबहादुर पाण्डेलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् । संविधानको धारा २८२ अनुसार पाण्डेलाई चीनको राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !