जनकपुरधाम, वैशाख ५ गते । दूई अपरिचित महिलाले सडक र केही पसलको सटरमा पैसा फालेर भागेको घटनाले जनकपुरधाम ५ महावीर चौकका स्थानीय त्रसित भएका छन ।
शुक्रवार दिउंसो करीब एक बजेको समयमा महावीर चौकको बीच सडक र केही पसलको सटरभित्र १० र २० रुपैयाको नोट फालेर भागेका थिए । सो पैसा कोरोना संक्रमितले फालेको हुन सक्ने आशंकाले स्थानीय त्रसित बनेका हुन ।

स्थानीयका अनुसार निलो र हरियो रंगको साडी लगाएका मुस्लिम समुदायकी देखिने ती दुवै महिलाले करिब सय मिटरको दूरीसम्म फरक फरक स्थानमा गरि सडक र पसलको छेउमा पैसा फ्यालेको हो । एक स्थानीयले भने ती महिलाले पैसामा थुक लगाई बेडेर सडक र सटर भित्र हालिरहेको देखिर्यौ, यो पैसा किन यहाँ फालेको सोध्न खोज्दा कुदेर भागेको थियो ।
स्थानीयवासीका अनुसार ३÷४जना व्यक्तिले उनीहरुले फ्यालेको रुपैयाँ सडकबाट उठाएर गइसकेका पनि छन । घटना लगतै प्रहरीलाई खबर गरेपछि, प्रहरीले तत्कालै ती रुपैया नियन्त्रणमा लिई सो ठाउँको सेनिटाइज्ड गरेका छन ।
यता,चोक नजिकै रहेको एक घरमा जडान गरिएको सीसीटिभी फुटेजको आधारमा अनुसन्धान थालिएको र पैसा फ्याल्ने दुई महिलाको खोजीकार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !