जनकपुरधाम, वैशाख ५ गते । प्रदेश २ का अधिकांश निजी विद्यालयले १ देखि ९ सम्म कक्षाको परीक्षा नलिएको खुलासा भएको छ ।
नेपाल सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा लकडाउन खुलेको एक हप्ताभित्र सार्वजनिक गर्नेगरी तयारी गरेकोमा प्रदेश नम्बर २ का निजी विद्यालय भने परीक्षा नै नलिएको हो ।

प्रदेश २ अन्तर्गतका आठ जिल्लाका एक हजारभन्दा बढी विद्यालयमा परीक्षा सम्पन्न नगर्दा ती विद्यार्थीहरुको एकवर्षको भविष्य नै अन्यौलमा पर्ने सम्भावना बढेको छ ।
लकडाउन खुलेको एक हप्ताभित्र परिक्षाको नतिजा सार्वजनिक गर्ने सरकार तयारी रहेकोमा अधिकांश निजी विद्यालयले परिक्षा नै नलिएको भन्ने बारे सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखाका उपसचिव महेन्द्र महतोका अधिकांश निजी विद्यालयमा परीक्षा हुन बाँकी छ सामुदायिक विद्यालयमा भने परीक्षा भइसकेकोले निजी विद्यालयलाई समस्या हुन सक्ने बताए ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २० फागुन मै चैत ५ गतेभित्र सूचना प्रकाशित गरेर कक्षा ९ सम्मको परीक्षा सकेसम्म चाँडो सम्पन्न निर्देशन दिएको थियो । तर छोटो समयावधि भएको कारण परिक्षा लिन नसकिएको निजी विद्यालयहरुको भनाई छ ।
विश्वभरि कोभिड १९ को संक्रमण र सन्त्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउनका लागि विद्यालयगत रुपमा सञ्चालन हुने शैक्षिक सत्र २०७६ को कक्षा १ देखि ९ सम्मको वाषिर्क परिक्षा यथाशिघ्र प्रारम्भ गरी चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने व्यवस्था गर्न गराउन मन्त्रालयले निर्देशनमा भनेको थियो । तर सो निर्देशनको पालना हुन सकेको छैन ।
यसैवीच, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश २ का अध्यक्ष मुरारीप्रसाद साह आफूहरूले एसईईसँगै परीक्षा सम्पन्न गर्ने निर्णय गरेको थिए । तर एसईई परिक्षा नै स्थगित भएपछि समस्या भएको बताए ।

उनका अनुसार प्रदेश २ का आठवटै जिल्लामा १६ चैतदेखि परीक्षा सुरु हुने पूर्व कार्यतालिका थियो । शिक्षा मन्त्रालयले २० फागुनमा सूचना निकाल्यो । ‘त्यति छोटो अवधिमा परीक्षा सम्पन्न गर्न सम्भव नै थिएन’ प्याब्सन अध्यक्ष साहको भनाई छ ।
मधेसमा होलीले तीन दिनसम्म विद्यालय प्रभावित भएको र लकडाउनअघि नै अधिकांश विद्यालयले ४÷५ वटा विषयको परीक्षा लिइसकेको उनले बताए । बाँकी विषयको परीक्षा भने लकडाउनका कारण प्रभावित हुन गएको हो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !