जलेश्वर, वैशाख ४ गते । महोत्तरीमा जंगलमा लागेको आगलागीमा परी एकजनाको मृत्यु भएको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका १० स्थित सरस्वती सामुदायिक वनको जंगलमा भएको आगलागीमा परी स्थानीय ७० वर्षीय हर्क बहादुर बाईबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जनाएको छ ।

गाउँबाट आफ्नो घर जान हिँडेका उनको बाटोमा पर्ने जंगलमा लागेको आगोमा जलेर मृत्यु भएको प्रहरीको भनाई छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !