काठमाठौ, वैशाख ४ गते । सुर्खेतमा पिसिआर मेसिनको परिक्षणबाट दुई र हेटौडामा रैपिड परिक्षणबाट ४ जनाको कोरोना भाइरस रिपोर्ट पोजेटिभ देखाएको छ ।
सुर्खेतको एक क्वारेन्टाईनमा बस्दै आएको दुई जना पुरुषको पिसिआर मेसिनबाट स्वाव परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो भने हेटौंडा उपमहानगरपालिका ४ बासुदेव सभागृहमा भएको रुैपिड टेष्टमा चारजनाको पोजेटिभ आएको सम्बन्धित निकायले जनाएको छ ।

सुर्खेतको कैलाली धनगढिस्थित सेती प्रादेशिक अस्पतालको पीसीआर बिधिबाट परीक्षण गर्दा पोजिटिभ आएको रिपोर्टलाई थप परीक्षणका लागि उनीहरुको स्वाब काठमाडौं पठाइएको छ त्यहाँ पनि पोजेटिभ नै देखिएपछि मात्रै पुष्टि हुन सक्ने सेती अञ्चल अस्पतालका एक चिकित्सकले भने ।
सुर्खेतमा पोजेटिभ देखिएका दुवै नेपाली भारतबाट आएपछि सुर्खेतमा क्वारेन्टाइनमा राखिएको थियो ।
यता कुल ४० जनाको टेष्ट गरिएकोमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजेटिभ आएको र उनीहरुको पीसीआर टेष्टको क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाका प्रमुख प्रणय उपाध्यायले जानकारी दिएका ।
उनीहरुमध्ये भारत बिहार घर भइ हाल हेटौंडा ४ आफन्तकोमा आएकी ५५ बर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा २ का ६७ बर्षीय एक बृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा ५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ बर्षीय एक युवक रहेको छ ।
उनीहरुलाई पीसीआर जाँचका लागि स्वाब संकलन गर्न हेटौंडा अस्पताल पठाइएको छ त्यहाँको रिपोर्टमा पनि पोजेटिभ नै देखिएपछि केही भन्न सकिने उनले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !