जनकपुरधाम, वैशाख ४ गते । प्रदेश २ मा बिहीवारसम्म ४ सय ५४ जनाको स्वाब परिक्षण रिपोर्ट निगेटिभ आएको छ भने ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
प्रदेशका ८ वटै जिल्लाबाट ५ सय ३५ जनाको स्वाब संकलन गरिएकोमा हालसम्म ४ सय ५८ रिपोर्ट आएको छ भने ७७ जनाको रिपोर्ट आउन बांकी रहेको छ ।
बिहीवार दिउँसोसम्म पर्साको वीरगंजमा ३ र रौतहटमा एक गरी चारजनामा कोरोना संक्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै बिहीवारसम्म प्रदेशको आठवटै जिल्लामा ६ सय २५ जनाको किट मार्फत रैपिड परिक्षण गरिएकोमा ६ सय २३ जनाको निगेटिभ र २ जनाको पोजेटिभ देखाएको छ ।
सप्तरीका २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपनि पिसिआर प्रविधिबाट गरिएको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशनालयका विजय झाले जनाएको छ ।
उनका अनुसार हालसम्म आठवटै जिल्लाको १ सय ६२ वटा क्वारेन्टाइनमा १ हजार १ सय ३७ जना छन् भने चिकित्सकको सल्लाह अनुसार १ हजार ५ सय २५ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !