जनकपुरधाम,वैशाख ३ गते । प्रदेश २ मा मंगलवारसम्म ४ सय ३९ जना कोरोना भाइरस शंकास्पदको गरिएको स्वाव परिक्षणमा २ सय ३२ जनाको रिपोर्ट निगेटिभ आएको छ भने २ सय ३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेश २ मा चैत २१ गतेबाट सुरु गरिएको ल्याबमा सप्तरीबाट सप्तरीबाट २४, सिरहा ५५, धनुषा ८७, महोत्तरी १०, सर्लाही १, रौतहट १ सय १५, बारा १८, पर्सा १ सय १९ जनाको स्वाब परिक्षण गरिएको छ । ती मध्ये सप्तरीबाट २४, सिरहा २७, धनुषा ६६, महोत्तरी १०, सर्लाही १, रौतहट ७१, बारा १० र पर्साका २३ जनाको रिपोर्ट निगेटिभ आएको छ ।
यी जम्मा स्वाव परिक्षण मध्ये २ सय ३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । मंगलवार मात्रै ६२ जनाको स्वाब परीक्षण गरिएको थियो ।
त्यस्तै प्रदेशका ८ वटै जिल्लामा १ सय ९० जनाको गरिएको आरडीटी टेस्ट सबैको रिपोर्ट निगेटिभ नै आएको छ । यी मध्ये वैशाख सोमवार ६५ र मंगलवार १२५ जनाको आरडीटी परिक्षण गरिएको थियो ।
प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ३ हजार २ सय ९५ बेड सहितको १ सय ६१ वटा क्वारेन्टाइनमा ७८ जना महिला र ७ सय ५५ जना पुरुष गरि जम्मा ८ सय ३५ जना शंकास्पद व्यक्तिलाई राखिएको स्वास्थ्य निर्देशनालयका प्रशासकीय अधिकृत विजय झाले जानकारी दिएका छन ।
प्रदेशभरिमा अहिले जम्मा १ हजार ४ सय ७८ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय २० बेड क्षमताको आईसोलेशनमा १ जना महिला र २३ जना पुरुष गरि जम्मा २४ जना हाल भर्ना भई उपचारत अवस्थामा रहेको झाले बताए ।

झाका अनुसार रौतहटमा १६ वटा क्वारेन्टाइनमा अहिले ३३ जना, स्पतरीको ३२ वटा क्वारेन्टाईन २ सय २० जना, सिरहाको १७ वटा क्वारेन्टाईन १ सय ११ जना, धनुषाको १७ क्वारेन्टाईन १ सय ९, महोत्तरीको १८ क्वारेन्टाईनमा १ सय ४, सर्लाहीको ३० क्वारेन्टाईन ७८, बाराको १८ वटा क्वारेन्टाइनमा २५, पर्साको १४ वटा क्वारेन्टाईन १ सय ५३ जना रहेका रहेका छन ।
त्यस्तै विभिन्न जिल्लाको अस्पतालमा निर्माण गरिएको आइसोलेशन वार्डमा २४ जना उपचारत अवस्थामा रहेका छन । ती मध्ये सिरहामा ५, धनुषामा १, बारामा १४ र पर्सामा ४ जना आइसोलेशन वार्डमा उपचारत अवस्थामा रहेको स्वास्थ्य निर्देशनालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !