हेटौडा, वैशाख २ गते । प्रहरीले कोरोना भाइरस सम्बन्धम सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा मकवानपुरको हेटौंडाबाट एक पत्रकारलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नं ४ बस्ने ३० बर्षका रवीन्द्र गौतमलाई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले हेटौंडाबाट समाजिक संजालमा गलत अफवाह फैलाएको आरोपमा नियन्त्रणमा लिएको हो ।
जितपुर सिमरा उपमहानगरपालिकामा कोरोना भाइरस संक्रमित भेटिएको भन्दै सामाजिक सञ्जालमा भ्रामक खबर फैलाएर सामाजिक शान्ति सुव्यवस्थामा रवीन्द्रले खलल पु¥याएको कारण नियन्त्रणमा लिएको डीएसपी गोविन्द पुरीले भने ।
प्रहरीका अनुसार रविन्द्रले सोमबार सामाजिक सञ्जाल फेसबुकमा ‘जितपुरमा १ जना र सिमरामा २ जनामा पनि संक्रमण देखिएको भन्ने कुरा आयो । अझै सतर्कता अपनाउन जरुरी’ भन्ने स्टाटस लेखेका थिए ।
हेटौंडाको सरोवर एफएममा कार्यरत गौतमले बागमती खबर अनलाइन समेत सञ्चालन गर्दै आएको बताइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !