कैलाली, वैशाख २ गते । कैलालीमा एक किशोरी सामूहिक बलात्कारको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका १ कि १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तिनीहरुलाई पक्राउ गरेको हो ।
गएराति आफन्तलाई भेटेर घर फर्किंदै गरेको अवस्थामा किशोरीलाई खुरखुरिया नजिकै सामूहिक बलात्कार भएको भन्ने उजुरी परेको र सोही उजुरीको आधारमा छानबीन गर्दा आरोपितहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिएका छन ।
प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार, बलात्कृत किशोरीले आफूमाथि कुटपिट गर्दै बलात्कार गरेको बयान दिएकी छन् । घटनामा संलग्नको आरोपमा ४ जनालाई नियन्त्रणमा लिइएको छ ।
धारिलो हतियार र मोटरसाइकलसहित पक्राउ परेकाहरुको नाम प्रहरीले अनुसन्धानमा असर पर्ने भनी सार्वजनिक नगरेपनि श्रोतका अनुसार पक्राउ परेका मध्ये दुईजना २० वर्ष र दुईजना क्रमशः २१ र २४ वर्षको रहेको बुझिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !