काठमाडौं, बैशाख २ गते । कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले पुन ः दुई सप्ताहका लागि लकडाउनको अवधि बढाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । सरकारले चैत ११ देखि निरन्तर लकडाउन शुरु गरेको हो ।
सुरुमा एक हप्ताका लागु घोषणा गरिएको लकडाउन सरकारले तीन पटक एक(एक हप्ताका लागि थपिसकेको थियो । यसपाली एकैपटक दुई हप्ताका लागि थप गरेको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !