जनकपुरधाम, वैशाख १ गते । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोगभन्दा पनि पेट भर्न असहय भएको भएको अवस्थामा जनकपुरधामका स्थानीय सक्रिय भएका छन ।
कोरोना भाइरस रोकथामका लागि जारी लकडाउन बाध्यात्मक अवस्था रहेपनि यसका कारण सैकडौं मजदूरहरुलाई दैनिक गुजारा चलाउन हम्मेहम्मे परेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका बेवास्ता गरेपछि स्थानीय युवाहरु तिनीहरुको सहयोगका लागि अघि बढेको छ ।

गरीब मजदूरहरुको यसै अवस्थालाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरस्थित न्यू भिजन संस्थाका युवाहरु मिलेर गत १६ दिनदेखि दुई छाक खाना स्थानीयको सहयोगमा खुवाइरहेका छन् ।
एकातर्फ जनताद्धारा निर्वाचित उपमहानगरपालिकादेखि वडासम्मका जनप्रतिनिधिहरु लकडाउनमा मौन भएका छन छन् भने अर्कोतर्फ ती युवाहरु दिनरात गरीब मजदूरहरुको सेवा दिन तल्लिन छन ।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दा रोजीरोटी गुमेका विपन्न परिवारलाई आफुहरु मिलेर दुई छाक खाना खुवाउन थालेको न्यू भिजनका संस्थापक शम्भू प्रसाद साहले बताए ।
दैनिक ज्याला मजदूरी गर्ने श्रमिक, गरिब, विपन्नका लागि आफुहरुले सूरु गरेको यस अभियानमा शुरुमा २०÷२५ जना मात्र आएपनि अहिले प्रतिदिन १ सय २० परिवार बिहान र बेलुका दुवै समयमा खाना लिन आइरहेको संस्थाका संस्थापक मध्येका रञ्जित पजियारले जानकारी दिए ।
मुलुकभरी भएको लकडाउनका कारण रोजीरोटी गुमेर विहानबेलुका हातमुख जोर्न समस्या भएकालाई आफुहरु मिलेर एकमीटरको दूरी कायम सहित सेनिटाईज्ड र स्वच्छ खाना दैनिक खाना खुवाइरहेको न्यू भिजनका अध्यक्ष अम्बु साहले बताए ।
त्यस्तै संस्थाका रक्की साहले खाना लिन आउने प्रति परिवारलाई साबून र मास्क उपलब्ध गराउनुका साथै हात कसरी धुने, अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन लगायत कोरोना भाइरसबाट बच्न सक्ने उपायहरुका जानकारी गराउंदै आएको बताए ।

उनले वडाअध्यक्ष रामअशिष पजियारलाई सहयोगका लागि आग्रह गरेपनि अहिलेसम्म उनले कुनै सहयोग उपलब्ध नगराएको गुनासो समेत सुनाए । सोमवार खाना वितरण अघि सुरक्षा दिएर लकडाउनको पालना र खाना वितरणमा सहयोग गर्दै आएका स्थानीय प्रहरी चौकीका इन्चार्ज चन्देश्वर महतोलाई सम्मान समेत गरियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !