जनकपुरधाम, चैत ३० गते । नेपाली धानुक समाज दोहा कतारले कमला नगरपालिकाका स्थानीयलाई मास्क वितरण गरेका छन ।
नगरपालिकाको वडा नम्बर १ मंगराहा र वडा नम्बर २ दुबरकोट हतिलेटवामा एक हजार थान मास्क स्थानीयलाई वितरण गरिएको जनाइएको छ ।
समाजले लकडाउनको अवधि पुनः थपिए मार्कामा परेका गरीब, दलित, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने परिवारलाई राहत वितरण गरिएको कुरा अध्यक्ष जयराम मण्डलले जानकारी दिएका छन ।
यसअघि समाजले विभिन्न समयमा अपांगलाई व्हील चेयर, भूकम्प र बाढी पिडितलाई राहत वितरण गरिसकेका छन । दोहा कतारमा वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुको सहयोगमा प्रदेश २ का विभिन्न जिल्लामा समाजिक कार्य गरिदै आएको कुरा समाजका पुर्व कोषाध्यक्ष देवकुमार मण्डलले बताएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !