जनकपुरधाम, चैत ३० गते । कोरोना भाइरस महामारी रोकथामका लागि पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले एक लाख रुपैया सहयोग गरेको छ ।
पिपरा गाउँपालिकाको स्थानीय तह प्रकोप व्वस्थानपन कोषमा विश्व¥यापी महामारीको रुपमा फैलिरहेको कोराना भाइरस को सम्भावित संक्रमण रोकथाम नियन्त्रण र उपचार कार्यको लागी अध्यक्ष चौधरीले सहयोग गरेका हुन ।
आइतवार विवद् व्यवस्थापन समितिको बसेको बैठकमा अध्यक्ष चौधरीले विवद् व्यवस्थापन समितिका अध्यक्ष अरुण ठाकुरलाई उनले निजी तर्फबाट सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

बैठकमा अध्यक्ष चौधरीले सरकारले घोषणा गरेको लकडाउनको कारण धेरै नै अवस्था नियन्त्रणमा रहेको भन्दै गाउँपालिकाको विभिन्न वडाहरुमा राहत वितरण कार्य जारी रहेको बताए । सो पालिकामा ४ हजार ५ सय गरीब असहाय रहेकोमा सोमबार पहिलो चरणमा २८ सय घर परिवारलाई राहत वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष चौधरीले बताए ।
प्रदेश २ सरकारले १० लाख र यस गाउँपालिकाबाट २५ लाख राहतको लागी सहयोग गरेका छन । उनले बाहिरबाट को आउछ को कता जान्छ निगरानी गर्नु अवश्यक रहेको बताए ।
यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले सरकारले घोषण गरेको लकडाउन संगै समाजिक दुरीलाई पूर्ण रुपकमा पालना गर्नुपर्नेमा जोड दिए । हालसम्म सो गाउँपालिकामा ३९ हजार मास्क र साबुन वितरण भइसकेको छ ।

श्रमिक वर्ग विपन्न तथा गरिव,असहायहरुलाई जीवनयापनका लागी स्थानीय तहबाट राहत उपलब्ध गराउने कार्य जारी रहेको हँुदा उक्त प्रतिकुल अवस्थालाई व्यवस्थापन गर्नका लागी पिपरा गाउँपालिका, पिपरा स्थित एभरेष्ट बैंकमा रहेको ग७.२ स्थानीय तह प्रकोप व्वस्थापन कोषको खाता नम्बर ०६२००१०६२०००१५ सहयोगको लागी रकम जम्मा गर्न अध्यक्ष यादवले आग्रह समेत गरेका छन ।
बैठकमा गाउँपालिका उपाध्यक्ष ननु देवी दास, विवद् व्वस्थापन समितिका सदस्य विनित पाण्डे, स्वास्थ शाखाका अधिकृत शम्भू मिश्र, लगायत वडा अध्यक्षनहरुको सहभागिता रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !