जनकपुरधाम, चैत ३० गते । धनुषा चेम्बर अफ कमर्सले करोना भाइरस संक्रमणका लागि जारी लकडाउन र रोकथाम एवं नियन्त्रणका लागि खटिने सुरक्षा निकायलाई मास्क र ग्लब्स हस्तान्तरण गरेको छ ।
यूनिक बचत तथा ऋण सहकारी लिमिटेडको सहयोगमा चेम्बरले आइतवार धनुषाको गंगुली कवारेंनटाइन मा एकसय पीस ग्लब्स, प्रादेशिक अस्पताललाई २ सय, जिल्ला प्रहरी कार्यालय धनुषा ५ सय पीस मास्क एकसय पीस ग्लब्स, सशस्त्र प्रहरी बल मुजेलिया ५ सय पीस मास्क एकसय पीस ग्लब्स, जनकपुरधाम उपमहानगरपालिका ७ स्थित क्वारेनटाइनमा २५ सेट ग्लब्स, जिल्ला प्रशासन कार्यालय ५० सेट ग्लब्स हस्तान्तरण गरेको छ ।

उक्त मास्क र ग्लब्स हस्तान्तरण कार्यक्रममा धनुषा चेम्बर अफ कमर्सका बरिष्ट उपाध्यक्ष सरोज मिश्र, उपाध्यक्ष सलामत राइन एवं महासचिव कृष्णदेव महतो लगायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !