जनकपुरधाम, चैत ३० । नेपाल भारत महिला मैत्री समाजले प्रदेश २ सरकारलाई विश्वभरि फैलिएको महामारी कोरोना भाइरस नियन्त्रण रोकथाम तथा उपचारका लागि करीब दश लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतलाई समाजका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले आइतवार उक्त सामग्रीहरु हस्तान्तरण गरेको हो ।

मुख्यमन्त्री निवासमा हस्तान्तरण गरिएको उक्त स्वास्थ्य सामग्रीहरुमा पिपिई १ सय ५० थान, ग्लब्स ४ हजार २ सय पचास, सेनिटाइजर पाँच सय एमएलको ८४ बोतेल, स्प्रे टैंक १० र सर्जिकल मास्क २ हजार थान रहेको जनाइएको छ ।
समाजले प्रदान गरेको स्वास्थ्य सामग्रीहरु आइतवार नै विभिन्न अस्पतालमा पु¥याइने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !