वीरगञ्ज, चैत ३० गते । मेयरले खाद्यान्न राहतमा भ्रष्टाचार गरेको भन्दै सामाजिक संजालमा भ्रम फैलाउने तीन जनालाई कर्मचारीलाई रौतहटमा बर्खास्त गरिएको छ ।
रौतहटको गढीमाई नगरपालिकाको राहत वितरण सम्बन्धमा मेयरले भ्रष्टाचार गरेको भनी समाजिक संजालमा भ्रम फैलाउने सोही नगरपालिकाका तीन कर्मचारीलाई फेसबूकमा जथाभावी पोष्ट गरेको भनी बर्खास्त गरिएको हो ।

बर्खास्तमा परेका तीनैजना कर्मचारी करारमा नियुक्त गरिएका थिए । वडा नम्बर ६ को लागि आएको राहत मेयर र नगरपालिकाका कर्मचारीले बाँडेर खाएको भन्दै कर्मचारीहरुले दुष्प्रचार गरेकोले उनीहरूलाई बर्खास्त गरिएको मेयर श्यामप्रसाद यादवले बताएका छन ।
बर्खास्त गरिएका कर्मचारी र थप दुईजनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि नगरपालिकाले इलाका प्रहरी कार्यालय गरुडामा पत्राचार गरेको छ । मेयर यादवले भने अहिलेसम्म सो वडामा राहत नै वितवरण छैन, अनि समाजिक संजालमा भ्रष्टाचार गरेको भनी दुष्प्रचार गर्नेलाई कानून बमोजिम कारवाही गरिनेछ ।
उनले भने राहतको लागि ५ सय ६५ जनाको नामावली संकलन गरेकोमा छानबिन गरेर आवश्यक देखिएका सबैलाई राहत प्रदान गरिनेछ तर सो अघि नै नाम बदनाम गर्ने उद्देश्यले यस्तो दुष्प्रचार गरिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !