जनकपुरधाम, चैत २९ गते । धनुषाको लक्ष्मिनियाँ गाउँपालिकाले कोरोना भाइरसको महामारी रोकथामका लागि जारी लकडाउनबाट मार्कामा परेका गरीब परिवारलाई राहत वितरणको कार्यलाई तिव्रता दिएका छन ।
गाउँपालिकाले गत ४ दिनको अवधिमा करीब १ हजार ९ सय परिवारलाई खाद्यान्न राहत वितरण गरिसकेका छन । पहिलो चरणमा २ हजार गरीब, असहाय दलित र दैनिक काम गर्ने मजदूर परिवारलाई खाद्यान्न राहत वितरण गर्ने लक्ष्य अनुरुप खाद्यान्न वितरणको अन्तिम चरणमा रहेको छ ।

लोकपुकारसँग कुरा गर्दै गाउँपालिकाका प्रशासकीय अधिकृत हरिशंकर यादवले भने प्रदेश २ सरकारबाट प्राप्त १० लाख रकम अपुग भएपछि ५ लाख रुपैया पालिकाबाट थप गरेर १५ लाख रुपैया बराबरको खाद्यान्न राहत वितरण संकलन गरी वितरण कार्यलाई तिव्रता दिइएको भने ।
उनले भने सर्वदलीय सहमति अनुसार प्रत्येक वडामा चामल, दाल, आलू र नून लगायतका खाद्यान्न ३ सय परिवारको दरले राहत वितरण गरिदैछ । सर्वदलीय सहमति अनुसार ४ जनासम्म रहेको परिवारलाई ७ किलो चाम, १ किलो दाल, डेढ किलो आलू र एक किलो नून तथा ४ जनाभन्दा माथिको परिवारलाई १० किलो चाम, डेढ किलो दाल, दुई किलो आलू र नून लगायतका खाद्यान्न वितरण भइरहेको उनले जानकारी दिए ।

यसका साथै विदेशबाट आएका र संक्रमणको लक्षण देखिएका परिवारहरुको घर घरमा गई स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी, स्वयंसेविकालाई खटाएर घर दैलोसम्म पुगेर चेकजाँच कार्य पनि जारी रहेको उनले बताए । हालसम्म सो पालिकामा एउटा पनि संक्रमित देखिएको छैन ।
कोरोना भाइरसको महामारी रोकथामका पर्चा पम्पलेट र माइकिंग मार्फत प्रचार प्रसारका साथै प्रत्येक घर घरमा साबून र मास्क वितरण कार्य जारी रहेको कुरा बोर्ड सदस्य तेजकुमार यादवले जानकारी दिएका छन । कोरोना भाइरस सर्न सक्ने कुराहरुबाट प्रत्येक व्यक्ति भएपनि तिनीहरुलाई सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठन लगायतका स्वास्थ्य संघ संस्थाहरुले निर्धारण गरेको मापदण्ड अपनाउन घर घरमा गई स्वयंसेवकहरुले जनचेतना फैलाई रहेको उनले बताए ।
पालिकास्थित लक्ष्मिनियाँ जनता मावि कुम्हरौडामा १० बेडको क्वारेन्टाईन निर्माण गरिएको छ भने विदेशबाट आएका २० जना व्यक्तिलाई चेकजाँच गर्दा कुनै लक्षण नदेखिएपछि होम क्वारेन्टाईन बस्न र सतर्क रहन सल्लाह दिइएको कुरा समेत अधिकृत हरिशंकरले जानकारी दिए । उनले भने हालसम्म कुनै संक्रमित फेला परेको छैन तरपनि हामी सतर्क छौं र पुर्वतयारी अवस्थामा रहेका छौं ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !