काठमाडौ, चैत २७ गते । सरकारले चीनबाट खरिद गरेका विवादित रैपिड कीट ५/५ हजारका दरले ७ वटै प्रदेशमा पठाएको छ ।
चीन उत्पादित कीटको गुणस्तरीयतामा शंका रहेको विभिन्न पक्षबाट आवाज उठन थालेपछि सरकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अन्तराष्ट्रिय मापदण्ड अनुसार टेस्ट गरेर मात्र प्रयोगमा ल्याइने पछिल्लो पटक निर्णय गरेको थियो ।

तर सरकारले हालका लागि डायग्नोस्टिक टेस्टका लागि प्रदेशहरुमा पठाइएको जनाएको छ । सरकारले हालै मात्र यो किटबाट सम्भावित संक्रमित पत्ता लगाएर पीसीआर विधिबाट पुनः परीक्षण गर्ने निर्णय गरेको थियो ।
त्यसअनुसार कैलाली र कञ्ञ्चनपुरबाट १९६ वटा नमुना संकलन गरेर परीक्षण भइरहेको बताइएको छ । रैपिड टेस्टका लागि एन्टिजेन र एन्टिबडी बेस्ड गरी दुई किसिमको किट हुन्छ । केही दिनअघि ओम्नी समूहसँग भएको विवादास्पद सम्झौता अनुसार चीनबाट ल्याइएको ७५ हजार किट एन्टिबडी बेस्ड हो ।
यसले कोरोना भाइरस संक्रमण भएको ३–४ दिन भइसक्दा पनि पहिचान नगर्न सक्ने जनस्वास्थ्य विज्ञहरुको भनाई छ तरपनि सरकारले डाइग्नोस्टिक टेस्टका लागि पठाएको छ । सरकारले पठाएको सो किट कतिको गुणस्तर होला भन्ने विश्वसनीयतामा प्रश्न उठन थालेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !