जनकपुरधाम, चैत २७ गते । लकडाउनले गर्दा अत्यावश्यक खाद्यान्न सामाग्रीको रुपमा रहेका फलफूल व्यवसाय नै धरासायी हुन गएको छ ।
कोरोना भाइरसको महामारी रोकथाम एवं नियन्त्रणका लागि जारी गरेको लकडाउनमा बाहिरबाट सामान ल्याउनमा समस्या र व्यवसायीहरु नआउने गरेको प्रदेश २ का राजधानी समेत रहेका जनकपुरधाम क्षेत्रमा फलफूल व्यवसाय नै धारासायी हुँदै गएको हो ।
भारतमा समेत लकडाउन रहेको कारण त्यहाँबाट किनिएका सामान ल्याउनमा समस्या र ल्याएपनि विषादी परिक्षणका लागि सर्लाहीको नवलपुर पठाउन र ल्याउनमा निकै समस्या रहेको जनकपुर फलफूल व्यवसाय संघका सचिव भुवनेश्व पुर्वेले बताए ।

उनले भने लकडाउनमा गाउँ गाउँबाट आउने व्यवसायी प्रहरीको डरले व्यवसायी आउँदैन, केही व्यवसायी लुकिछुपि आएपनि त्यसले किनेको सामान नै बिक्री गर्न सकिरहेको कारण पनि व्यवसायी नै धरासायी हुदै गएको हो ।
सचिव पुर्वेले लकडाउन अघिसम्म दैनिक ५० देखि ७५ लाख रुपैयासम्मको व्यवसायी हुने गरेको थियो । तर लकडाउन जारी भएदेखि अहिले दैनिक २० लाख रुपैयाको व्यवसायीहरुलाई क्षति भइरहेको समेत बताए । दिनहुँ हजारौंको भीडभाड रहने जनकपुरधाम फलफूल मण्डी अहिले सुनसान रहेको छ ।
लकडाउन अघि दैनिक रुपमा स्याउ ५ ट्रक, अंगूर २, केला २, अनार १ र सुन्तला २ ट्रकले माल आउने गथ्र्यो तर लकडाउन शुरुदेखि अहिलेसम्म सबै मिलाएर मुश्लिकले ५ ट्रक पनि माल ल्याउन नसकेको बताए ।
पहिलो चरणको लकडाउनको क्रममा चैती छठ र दशैं भएको कारण लाखौ रुपैयाको माल मंगाएका थियौं । तर लकडाउनले गर्दा अधिकांशले पर्व नै मनाउन नसकेको कारण त्यो माल कुहिन गयो, पछि ती माल घाटा लगाएर लागतको ५० प्रतिशतको दरमा बिक्री गरे त्यसपछि माल मंगाउन व्यवसायीहरुले छाडेको दुखेसो समेत उनले सुनाए ।
फलफूल अत्यावश्यक खाद्यान्न सामाग्री रहेको कारण विक्री वितरणमा रोक नलगाउन सम्बन्धित निकायसँग आग्रह किन गर्नु भएन जिज्ञासामा सचिव पुर्वेले भने जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइसके पनि प्रहरीले सामान ल्याउन, पठाउनमा रोक लगाइरहेको कारण समस्या उत्पन्न भएको भने ।
हुनत जनकपुरधामको टोल मुहल्लामा घुमेर केही व्यवसायी फलफूल विक्री वितरण गरेपनि बजार क्षेत्रमा प्रहरीले पसल खोल्न दिदैन । तर स्थानीय प्रशासनले फलफूल विक्री वितरण र आयातमा कुनै रोक नलगाएको प्रतिक्रिया दिएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !