वीरगञ्ज, चैत २६ गते । मुलुकमा कोरोना भाइरसको जोखिम बढदै गएको कारण यसको संक्रमण बढन नदिन वीरगञ्ज कारागारले दुई भारतीयसहित ३३ जना कैदी बन्दीलाई रिहा गरेको छ ।
सर्वोच्च अदालतले गरेको निर्णयनुसार एक वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दीले दिनको तीन सय धरौटी तिरेर छाड्ने गरेको निर्णय अनुसार ती बन्दीहरुलाई छाडिएको जिल्ला अदालत पर्साले जनाएको छ ।

जिल्ला अदालत पर्साका अनुसार सजाय छुटका लागि निवेदन परेका ३८ मध्ये बहुविवाह, सवारी ज्यान, कुटपिट, किर्ते, ठगी, लगायत मुद्दामा सजाय काटिरहेका ३३ कैदीलाई सामान्य धरौटी लिई छोडिएको हो ।
पर्सा जिल्ला बाहेक अरु कारागारबाट पनि सम्बन्धित जिल्ला अदालतको आदेशपछि कैदी रिहा भएको बुझिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !