जनकपुरधाम, चैत २६ गते । कोरोना भाइरस महामारी विरुद्ध अस्पताल र क्वारेन्टाईनमा खटने कर्मचारीहरुका सुरक्षाका लागि एनएमबी बैंकले प्रदेश २ सरकारलाई एकसय थान पिपिई उपलब्ध गराएको छ ।
कोरोना भाइरस विरुद्ध सबै भन्दा बढी आवश्यक भनिएको पिपिईको आभाव प्रदेशमा रहेको अवस्थामा एनएमबी बैंकले उपलब्ध गराएको पिपिईले निकै नै राहत पुग्ने विश्वास गरिएको छ । बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झा सहितको टोलीले बुधबार विहान मुख्यमन्त्री लालबाबु राउतलाई उनकै निवासमा हस्तान्तरण गरेका हुन ।

सो हस्तान्तरणमा समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, चिकित्सकीय सल्लाहकार समूहका डा. राम केवल साह सहितको उपस्थिति रहेको थियो ।
एनएमबी बैंकले उपलब्ध गराएको सामग्रीहरुमा एक सय थान गुणस्तरीय पिपिई, जुत्ता, मास्क, ग्लब्स, एप्रोन, चश्मा, हेडक्याप र सेनिटाइजर लगायतका सामाग्री रहेके छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !