जनकपुरधाम, चैत २५ गते । कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको उल्लंघन गर्ने आरोपमा सिरहा प्रहरीले एम्बुलेन्ससहित २८ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
मंगलबार लकडाउन अवज्ञा गरेको भन्दै प्रहरीले लकडाउन उल्लंघन गर्ने मोटरसाइकल २५, एम्बुलेन्स १, ट्रयाक्टर १ र ट्रक १ गरी जम्मा २८ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले लकडाउन उलङघन गरी चलाईएको उक्त सवारी साधनलाई आवश्यक कार्वाहीको लागि नियन्त्रणमा लिईएको उनले बताए ।
एम्बुलेन्स त अत्यावश्यक सेवामा पर्ने भएको हुनाले पनि नियन्त्रणमा लिइएको जिज्ञासामा प्रवक्ता घिमिरेले भने बिरामी लिएर वा बिरामी लिन जाने एम्बुलेन्सका लागि मात्र छुट दिइएको हो तर नियन्त्रणमा लिइएको एम्बुलेन्स अनावश्यक रुपमा चलाइएको कारण नियन्त्रणमा लिइएको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !