जनकपुरधाम, चैत २४ गते । नेपाली कांग्रेसले प्रदेश २ सरकारलाई कोरोना विरुद्धका अभियानमा ४० लाख ७५ हजार रुपैया सहयोग गरेको छ ।
सोमवार कांग्रेसले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागी स्थापना गरेको राहत कोषमा सो रकम सहयोग गरेको हो ।

प्रदेश नं. २ स्थित नेपाली काँग्रेसका सबै जिल्लाको तर्फबाट जिल्ला कार्य समिति बाराले उक्त रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन ।
चेक हस्तान्तरणको क्रममा नेपाली काँग्रेस प्रदेश २ संसदीय दलका नेता राम सरोज यादव, नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसीया, कोषाध्यक्ष चन्द्रशेखर कुमार यादव सहितको उपस्थिति रहेको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !